News Griha :: न्यूजगृह
भ्रष्टाचारीमाथिको कारबाही स्टन्टबाजी मात्रै : एमाले अध्यक्ष ओली 

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथिको कारबाही यो सरकारको स्टन्टबाजी मात्रै भएको आरोप लगाएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौँ बैठकमा उनले पहिलेदेखि नै चलेको भ्रष्टाचारविरोधी अभियानलाई यो सरकारले स्टन्टबाजी मात्रै गरेको आरोप लगाएका हुन् । 

अहिलेका प्रधानमन्त्री र गृहमन्त्री ‘लडेको राँगो मैले पछारेको’ भन्दै मख्ख परेको उनको टिप्पणी छ । 

‘अहिलेको सरकार, अहिलेका मन्त्रीहरू खासगरी प्रधानमन्त्री र गृहमन्त्री लडेको राँगो मैले पछारेको भन्छन् । अहिले आएको भ्रष्टचारविरोधी कुरा यो अहिलेको सरकारको कुनै योगदान नै होइन । यो त अगाडिदेखि चल्दैथ्यो,’ उनले भने ‘यो पोलिटिकल स्टन्टबाजी हो । केही गर्न नसकेपछि यस्ता कुराहरूलाई ब्लोअप गरेर के–के न गरे भनेर यो कुनै विकास कुनै निर्माण हो र ?’

उनले अन्य राजनीतिक पार्टीले समेत अराजनीतिक खालको कार्य गरेको बताएका छन् । आफू स्वयंले अहिलेको उमेरमा पनि १८ घण्टा काम गर्ने गरेको र बुढापाका भनेर पार्टीमा नराख्ने प्रवृति बढेको भन्दै उनले असन्तुष्टि जनाए ।  

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १६:१४
Weather Update