News Griha :: न्यूजगृह
‘जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी’ 

काठमाडौं— सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले डा.सिके राउत नेतृत्वको जनमत पार्टीलाई सरकारमा ल्याउनेबारे सकारात्मक छलफल भइरहेको बताएकी छिन् ।

मंगलबार सिंहदरबारमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएकी छिन् । सो सम्बन्धमा अहिले सकारात्मक छलफल भए पनि निष्कर्षमा भने पुगिनसकेको मन्त्री शर्माको भनाइ थियो ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहालले सुरु देखिनै राष्ट्रिय सहमतिको सरकारमा जोड दिएको पनि स्मरण गराइन् ।

मन्त्री शर्माले भनिन्,‘अहिले अलि पोजेटिभ छलफल भइरहेको छ । निष्कर्षमा पुगिसकेको छैन । निष्कर्षमा नपुग्दाखेरी यस विषयमा भन्न सकिएन ।’

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १९:२५
Weather Update