लगानीमैत्री वातावरण नबनाएर सरकारले राष्ट्रघात गर्यो : भैरवसुन्दर श्रेष्ठ

काठमाडौं— राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरू फर्किन थालेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले चिनियाँ कम्पनीहरूले निर्माण गर्ने भनिएका आयोजनाहरू लगानीको सुनिश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको बताए ।
अहिलेको सरकार र गठबन्धनका दलहरूले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको उनले आरोप लगाए ।
राष्ट्रिय सभा सदस्य श्रेष्ठले प्रधानमन्त्री र सिंगो मन्त्रिपरिषद्ले लगानीमैत्री वातावरण बनाउन नसकेको बताए ।
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १२:४०