राष्ट्रिय सभा
आगामी बजेटबाट केही नेता, मन्त्री र बिचौलियाबाहेक अरू खुसी छैनन् : तारामान स्वाँर

काठमाडौं— राष्ट्रिय सभा सदस्य तारामान स्वाँरले आगामी आर्थिक वर्षको बजेटबाट केही नेता, मन्त्री र बिचौलियाहरू बाहेक सबै असन्तुष्ट रहेको बताएका छन् ।
मंगलबार राष्ट्रिय सभाको बैठकमा उनले सत्ता पक्ष भएकाले आफूहरूले बजेट पास गर्नुपर्ने बाध्यता भए पनि सन्तुष्टिका साथ पास नहुने बताए ।
उनले खर्च कटौतीको प्रस्ताव पेस गर्नु सट्टा बजेट संशोधन सहित अघि बढाउने प्रणालीको विकास गर्न जरुरी रहेको बताए ।
‘अन्य विधेयकमा जस्तै आर्थिक विधेयकमा पनि यहाँ मान्यज्यूहरूले खर्च कटौतीको प्रस्ताव पेस गर्नुभयो । खर्च कटौतीको प्रस्ताव होइन, संशोधन सहित परिमार्जन गर्ने प्रणालीको निर्माण गर्नुपर्छ,’ उनले भने, ‘सत्ता पक्ष र प्रतिपक्ष सबै राजनीतिक दलहरू मिलेर आर्थिक प्रणाली र बजेट प्रणाली परिवर्तन गर्न प्रयास गर्नुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, असार २६, २०८० १४:५८