नेपाली कांग्रेस
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु हुँदै छ ।
दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी संगठनका विभिन्न विषयमा छलफल हुने केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव डा.प्रदीप पराजुलीले जानकारी दिए ।
त्यसअघि बैठकका एजेण्डाबारे छलफल गर्न सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा कांग्रेस शीर्ष नेताहरुको बैठक ९ बजे बस्ने छ ।
कांग्रेसको विधान अनुसार केन्द्रीय कार्यसमिति बैठक हरेक दुई/दुई महिनामा बस्नुपर्ने भए पनि एक वर्षपछि बैठक बस्न लागेको हो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ०७:३४