News Griha :: न्यूजगृह
प्रधानमन्त्री पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिने

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको राजकीय सम्मान सहित अन्त्येष्टि गरिने भएको छ । 

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको बुधवार बिहान ८ः३३ बजे निधन भएको हो । 

आकस्मिक रूपमा बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दाहालको अन्त्येष्टि राजकीय सम्मान सहित गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

उनले दाहाललाई नेपाली सेनाको एक टुकडीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय भएको बताइन् । 

मन्त्रिपरिषद् बैठकले दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ भने शोकसन्तप्त परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेको छ । 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:२४
Weather Update