माओवादी केन्द्र पदाधिकारी बैठक बस्दै

काठमाडौं— नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी एवं माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक बस्न लागेको हो ।
बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्ने र नेताहरू आउने क्रम सुरु भएको केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० ११:३४