News Griha :: न्यूजगृह
तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं— प्रतिनिधि सभा अन्तर्गतका तीन समितिहरूको बैठक बिहीबार बस्दै छन् ।

संसद् सचिवालय सिंहदरबारमा कृषि, सहकारी तथा प्राकृति स्रोत समिति, पूर्वाधार विकास समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृति स्रोत समितिको बैठक बिहान ११ : ३० बजे समितिको सभा हलमा बस्ने छ । बैठकमा भूमि व्यवस्थासम्बन्धी वर्तमान समस्या तथा समाधानका विषयमा छलफल हुनेछ ।

पूर्वाधार विकास समितिको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ  । बैठक पूर्वाधार समितिको सभाहलमा बस्ने छ ।

दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक युवा तथा खेलकुद मन्त्रालयको वर्तमान अवस्थाका विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  ०८:१८
Weather Update