कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गते बस्ने

काठमाडौं— नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन २ गते बस्ने भएको छ ।
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएपछि आजका लागि बोलाइएको कांग्रेस बैठक स्थगित गरिएको हो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार आज स्थगित बैठक अब साउन २ गते अपराह्न १ बजे पार्टी कार्यालय वीपी स्मृति भवन ललितपुरमा बस्ने छ ।
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक १ वर्षपछि बस्न लागेको हो ।
प्रकाशित मिति: बुधबार, असार २७, २०८० १२:१०