भ्रष्टाचारमा कांग्रेसको शून्य सहनशीलता नीति : कांग्रेस प्रवक्ता महतबुधबार, साउन १०, २०८०
कम आलोचना भएको भन्दै देउवाले दिए धन्यवाद बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम आलोचना भएको भन्दै पार्टी केन्द्रीय सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
कांग्रेसको अर्को केन्द्रीय कार्यसमिति बैठक असोज २ गते बस्ने बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी असोज २ गते बस्ने गरी केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
आन्दोलनको क्रममा कालोमोसो दल्ने नेताकार्यकर्ताको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय बुधबार, साउन १०, २०८० नेपाली कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्ने नेताकार्यकर्ताको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो, बालकृष्ण खाणबारे कुनै निर्णय भएन बुधबार, साउन १०, २०८० गत जेठ २ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको कन्द्रीय कार्यसमिति बैठक सकिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कुनै निर्णय गरेन ।
कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय सार्वजनिक गरिँदै बुधबार, साउन १०, २०८०

एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने बुधबार, साउन १०, २०८० असार २९ र ३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका...

एमालेको नारावाजीपछि संसद् बैठक स्थगित बुधबार, साउन १०, २०८० सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नाराबाजी गरेको छ । सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरु वेल घेराउमा गएर नाराबाजी सुरु गरेका हुन् । एमालेको नारावाजीपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक साउन...
![अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयो : मन्त्री गुरुङ [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/520X390/sita gurung samiti baithak1690366257.jpg)
अन्तर मन्त्रालयबीच समन्वय नहुँदा विकास निर्माणमा कठिनाइ भयो : मन्त्री गुरुङ [भिडिओसहित] बुधबार, साउन १०, २०८० बुधबार सिंहदरबारमा बसेको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा उनले एउटा मन्त्रालयले अघि बढाएको कामलाई अर्को मन्त्रालयले आवश्यक चासो नदेखाउँदा पनि विकास निर्माणमा अवरोध सिर्जना भइरहेको गुनासो गरिन् ।

सुन प्रकरणमा कांग्रेस सांसदले नै मागे गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा बुधबार, साउन १०, २०८० प्रतिनिधि सभामा नेपाली कांग्रेस कै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १०० केजी सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न...
सुन प्रकरण छानबिन गर्न संसद्मा एमालेको माग बुधबार, साउन १०, २०८० प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ । प्रतिनिधि सभाको बुधबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् ।
सुन प्रकरणको विषयमा सरकारले केही गर्न सकेन : एमाले सांसद रघुजी पन्त [भिडिओसहित] बुधबार, साउन १०, २०८० नेकपा एमालेका सांसद रघुजी पन्तले सुन प्रकरणको विषयमा सरकारले केही गर्न नसकेको टिपप्णी गरेका छन् । बुधबार बसेको नेकपा एमालेको संसदीय दलको बैठकपछि सांसद पन्तले सरकारले काम नगरेको तर कुरा भने ठूलो गर्ने गरेको आरोप लगाए ।









