एमालेको नारावाजीपछि संसद् बैठक स्थगित

काठमाडौं— सुन तस्करीमा संलग्नहरूको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्मा नारावाजी गरेको छ ।
सभामुख देवराज घिमिरेले आकस्मिक समयपछि शून्य समयको कारबाही अघि बढाएपछि एमाले सांसदहरुवेल घेराउमा गएर नारावाजी सुरु गरेका हुन् ।
एमालेको नारावाजीपछि सभामुख घिमिरेले प्रतिनिधि सभा बैठक साउन १५ गतेसम्मका लागि स्थगित गरेका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १६:४४