News Griha :: न्यूजगृह

काठमाडौं— प्रतिनिधि सभामा नेपाली कांग्रेस कै सांसदले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका छन् ।

सांसद सुनिल शर्माले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा प्रकाशशरण महतको राजीनामा माग गरेका हुन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १०० केजी सुन बरामद भएको घटनामा भरियामात्र पक्राउ गरेको र मुख्य दोषी पक्राउ गर्न न सकेको भन्दै उनले गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गरेका हुन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १५:३४
Weather Update