देशको राजनीतिक अवस्था खराब छ : विजयकुमार गच्छदारमंगलबार, साउन ९, २०८०
कांग्रेसको विकल्प अरु हुन सक्दैन, एक भएर अघि बढौँ : शशाङ्क मंगलबार, साउन ९, २०८० मंगलबार काठमाडौंमा आयोजित चियापानमा उनले कांग्रेस एक भएको खण्डमा देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकतावद्ध हुनु रहेको बताए । उनले आफूले आयोजना गरेको चियापान समारोह कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको पनि बताए ।

कांग्रेस पदाधिकारी बैठक बोलाइयो मंगलबार, साउन ९, २०८० बुधबार अपरान्ह ४ बजे पार्टी कार्यालयमा बस्ने गरी सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । बैठकमा केन्द्रीय समिति बैठकको निर्णय बारे छलफल हुने छ ।

कांग्रेसमा होला त भावनात्मक एकता ? मंगलबार, साउन ९, २०८० खड्का मात्र होइन साउन २ देखि जारी केन्द्रीय समिति बैठकमा बोल्ने सबै नेताहरूले पार्टीमा गुटबन्दी मौलाएको र भावनात्मक एकता कमजोर भएको औँल्याएका छन् । त्यतिमात्र होइन पार्टीभित्र बृहत् एकतासहित २१औं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने कांग्रेस बनाउनु पर्ने सदस्यहरूको मत छ ।

भारतमा माओवादी नेताहरू भेटघाटमा व्यस्त, कसलाई भेटे ? मंगलबार, साउन ९, २०८० भारतीय जनता पार्टीको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा रहेको नेकपा (माओवादी केन्द्र) को प्रतिनिधिमण्डलले सोमबार भाजपाका अध्यक्ष जगतप्रकाश (जेपी) नाड्डासँग भेटवार्ता गरेको छ ।
विश्वप्रकाश शर्मा भन्छन्— महाधिवेशनमा पराजित व्यक्तिलाई माथिल्लो तहमा मनोनीत नगरौं सोमबार, साउन ८, २०८०
केन्द्रीय सदस्यलाई गगनको जवाफ— मैले बोल्न बन्द गरेर पार्टीको समस्या समाधान हुँदैन सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मौन व्रत राख्दैमा पार्टीको समस्या समाधान नहुने बताएका छन् ।

कांग्रेस बैठकमा गगन र आरजुबीच सवालजवाफ, कसले के भने ? सोमबार, साउन ८, २०८० नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री गगन थापा र केन्द्रीय सदस्य तथा सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु देउवाबीच सवालजवाफ भएको छ । महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई राजनीतिक दस्तावेज भन्दा पनि एनजीओको दस्तावेज भएको आरजुले शुक्रबारको बैठकमा बताएकी थिइन् ।

नेतालाई एउटा, जनतालाई अर्को कानुन हुन सक्दैनः गृहमन्त्री श्रेष्ठ सोमबार, साउन ८, २०८० मन्त्री श्रेष्ठले राजनीतिक क्षेत्रका नेताहरू दोषी देखिसकेपछि नियन्त्रणमा लिइ कारबाहीको प्रक्रिया अघि बढाउँदा सोही पार्टीका अन्य नेताहरूले विरोध गर्ने, व्यवसायी, कर्मचारीहरूले पनि आफूलाई कारबाही गर्नु हुँदैन भनेर विरोध गर्ने परम्पराको विकास हुँदै गएको उल्लेख गरे ।

विप्लव भन्छन्— अहिले माओवादी केन्द्र नेतृत्वको सरकार भएकोमा खुशी लागेको छ सोमबार, साउन ८, २०८० माओवादी केन्द्रको महासचिव बन्ने चर्चा भइरहेका बेला उनको यस्तो प्रतिक्रिया आएको हो । सोमबार काठमाडौंमा आयोजित गोष्ठीमा उनले अहिलेको भ्रष्टाचार विरोधी अभियानमा माओवादी केन्द्र नेतृत्वको सरकारमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ हुनु, त्यसमा उपेन्द्र यादवसहितका दलहरू सहभागी हुनु खुशीको कुरा भएको बताए ।

सरकारले भ्रष्टाचार काण्डका दोषीहरूलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्छ : घनश्याम भुसाल सोमबार, साउन ८, २०८० सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरूलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए । अब जन्मिने, जन्मिन सक्ने, जन्मिने लाइनमा रहेका भ्रष्टहरूको अहिले नै भ्रूण तुहिने गरी सरकारले भ्रष्टहरूमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाई थियो ।

राजेन्द्र पाण्डेलाई कार्यवाहक दिएर अध्यक्ष नेपाल इन्डोनेसिया उडे सोमबार, साउन ८, २०८० अन्तर्राष्ट्रिय कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन नेपाल गएराति त्यसतर्फ गएका हुन्। कम्युनिष्ट पार्टीहरूको बैठकमा सहभागी मुलुकका नेताले आआफ्नो मुलुकमा कम्युनिष्ट सिद्धान्तको अवस्था, देश विकासमा त्यसको प्रभाव र योगदानबारे छलफल गर्ने छन् ।

लुम्बिनी प्रदेश सभा बैठक स्थगित सोमबार, साउन ८, २०८० संघीय संसद् तथा प्रदेश सभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मंगलबार सम्मका स्थगित गरिएको हो । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।








