News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ ।
जोसँग बन्दुक छैन उसलाई बन्दुके भनियो : विप्लव
जोसँग बन्दुक छैन उसलाई बन्दुके भनियो : विप्लव नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुरानो सत्ता फालेर नयाँ सत्ता निर्माण नभएसम्म जनताको समस्या समाधान नहुने दोहोर्‍याएका छन् ।
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले पेस गरे कार्यप्रगति विवरण
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले पेस गरे कार्यप्रगति विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेस गरेका छन् ।
नेपालीमा विदेशीको नक्कल गर्ने क्रम बढ्यो : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल
नेपालीमा विदेशीको नक्कल गर्ने क्रम बढ्यो : एमाले वरिष्ठ उपाध्यक्ष पोखरेल पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले पुष्पलाल मौलिकतामा उभिएर अगाडि बढ्न चाहने व्यक्तित्व भएको भन्दै विचारमा अगाडि बढ्ने हो भने बाह्य शक्तिबाट प्रभावित समाजलाई सुधार्नु पर्ने बताए । 
बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो  : कांग्रेस सहमहामन्त्री यादव
बालकृष्ण खाणलाई नियोजितरूपमा राज्यले फसायो  : कांग्रेस सहमहामन्त्री यादव ‘हाम्रो आदरणीय नेता बालकृष्ण खाँणजीलाई राज्यले फसाएको छ । उहाँप्रति राज्यले ठूलो अन्याय गरेको छ । उहाँको नाम कसैले पोलेको थिएन। प्रमाण पनि थिएन। ठगी मात्र होइन राजद्रोहकै मुद्दा लगाइएको छ,’ उनले भने ।  यादवले खाणमाथि अहिले अभियोग मात्र लागेको भन्दै अभियोग लाग्दैमा कारागारमा राखिएको भन्दै आक्रोश पोखे । 
कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले बोल्दिनँ भनेपछि.. 
कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले बोल्दिनँ भनेपछि..  आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीचबीचमा रोक्ने गरेको भन्दै उनले असन्तुष्टि पोखे । उनले भने ‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ । यसले मलाई मद्दत नै पुग्छ। अहिले अलमल्याई दिनुभयो । भर्खर ३ मिनेट गएको छ । ७ मिनेट त समय छ । पछि समय थपी दिनुहोला वा नथप्नुहोला ...
मिनेन्द्रको गगनलाई सुझाव : संसदीय दलको खनायोमा मन नडुलाउनुस्
मिनेन्द्रको गगनलाई सुझाव : संसदीय दलको खनायोमा मन नडुलाउनुस् छिटो निणर्य गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । नेता रिजालले पार्टीले एकलौटी रुपमा केन्द्रमा बसेर निणर्य गर्ने प्रवृत्तिलाई त्यागेर जिल्ला देखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नु पर्नेमा जोड दिएका छन् ।  
कोशी प्रदेश सरकार बारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे
कोशी प्रदेश सरकार बारे अदालतको फैसला स्वीकार्य हुन्छ : सभामुख घिमिरे आइतबार काठमाडौंमा आयोजित ‘संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रमको निष्कर्ष सार्वजनिक तथा पत्रकार भेटघाट’ कार्यक्रममा सञ्चारकर्मीको जिज्ञासामा सभामुख घिमिरेले कोशी सरकार निर्माणबारे आफूहरू सर्वोच्च अदालतको फैसलाको पर्खाईमा रहेको र उसले गर्ने फैसला स्वीकार गर्दै अघि बढ्ने समेत स्पष्ट पारे ।
समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला
समाजवादी मोर्चा कसको लागि बनेको हो छलफल गर्न जरुरी छ : शेखर कोइराला उनले गठबन्धन भित्र अर्को गठबन्धन बनेको भन्दै त्यसबारेमा पार्टीभित्र छलफल गर्नु जरुरी रहेको उल्लेख गरे । नेता कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय तहमा देशको छवि धुमलिएको भन्दै यस विषयमा सचेत र गम्भीर बन्नुपर्ने आवश्यकता रहेको बताए । 
परराष्ट्र मन्त्री साउदको आरोप : सत्ता नपाउँदा केही दलले असंलग्न नीतिमा प्रहार गरे
परराष्ट्र मन्त्री साउदको आरोप : सत्ता नपाउँदा केही दलले असंलग्न नीतिमा प्रहार गरे पार्टी कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा उनले सत्ता नपाएकै कारण राजनीतिक दल बौलाएको र असंलग्न परराष्ट्र नीतिमाथि प्रहार गरेको बताए ।  
क्रियाशील सदस्य बढाएर मात्रै  कांग्रेस सङ्गठित नहुने डा सशाङ्क कोइरालाको भनाइ
क्रियाशील सदस्य बढाएर मात्रै  कांग्रेस सङ्गठित नहुने डा सशाङ्क कोइरालाको भनाइ कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारण राख्दै केन्द्रीय सदस्य कोइरालाले अब राम्रो मानिस चुनेर संगठन विस्तार गर्न तर्फ लाग्नु पर्ने बताए । 
कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा
कोशी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र सुवेदीको इजलासमा रिटको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको हो । कोशीमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै एमालेले असार २२ गते सर्वोच्चमा रिट दर्ता गराएको थियो ।
Weather Update