News Griha :: न्यूजगृह
कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले पेस गरे कार्यप्रगति विवरण

काठमाडौं— नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका तर्फबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरूले आआफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यहरूको प्रगति विवरण पेस गरेका छन् ।

यही साउन २ गतेदेखि जारी बैठकमा आइतबार अर्थमन्त्री डा.प्रकाशशरण महत, परराष्ट्रमन्त्री एनपी साउद, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले आफ्नो मन्त्रालयले हालसम्म गरेका कार्यको प्रगति विवरण पेश गरेका हुन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:४३
Weather Update