News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय समिति बैठकमा गच्छदारले बोल्दिनँ भनेपछि.. 

काठमाडौं—  नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले मंसिर अघि नै नीति अधिवेशन गर्न माग गरेका छन् ।

केन्द्रीय समिति बैठकमा उनले सकेसम्म मङ्सिरभन्दा अघि नै नीति अधिवेशन गर्न आग्रह समेत गरे । त्यस्तै उनले सभापति देउवाले बोल्न दिइएको समय सकिएको संकेत गरेपछि असन्तुष्टि जनाए ।

आफू बोलेका बेला सभापति शेरबहादुर देउवाले बीचबीचमा रोक्ने गरेको भन्दै उनले असन्तुष्टि पोखे । उनले भने ‘मैले बोल्दा सभापतिजीले बेलाबखत रोक्ने गर्नुहुन्छ । यसले मलाई मद्दत नै पुग्छ। अहिले अलमल्याई दिनुभयो । भर्खर ३ मिनेट गएको छ । ७ मिनेट त समय छ । पछि समय थपी दिनुहोला वा नथप्नुहोला त्यो तपाईंको अधिकारको कुरा हो । धेरै कुरा बोल्दा असहज होला, म बोल्दिनँ ।’  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:४०
Weather Update