कार्यसमिति बैठक : सभापति र महामन्त्रीहरूले आज जवाफ दिने
काठमाडौं— सोमबार बस्ने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यहरूले उठाएका प्रश्नहरूको सभापति र महामन्त्रीहरूले जवाफ दिने भएका छन् ।
दिउँसो ३ बजेदेखि सुरु हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूको प्रश्नको जवाफ दिनेछन् ।
असार २ गते मंगलबारदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेण्डा र महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आआफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन् ।
यो पनि पढ्नुहोस
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ०८:४५