News Griha :: न्यूजगृह
जेलमा रहेका बालकृष्ण खाणको बचाउमा कांग्रेसका नेता

काठमाडौं— नेपाली कांग्रेसका अधिकांश केन्द्रीय सदस्यहरूले भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका कांग्रेस नेता बालकृष्ण खाणको बचाउ गरेका छन् ।

उनीहरुले सरकारले नियोजित रुपमा खाणलाई जेल पुर्‍याएको आशयको अभिव्यक्ति केन्द्रीय कार्यसमिति बैठकमा दिएका छन् । 

आइतबार बैठकमा बोल्दै सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले खाणको विरुद्धमा पार्टीभित्रैबाट लागेको बताइन् ।

डीनाले अदातललाई नै प्रभाव पार्ने गरी खाणको विषयलाई पार्टीका केही व्यक्तिहरुले उठाइरहेको बताइन् ।

उनले भनिन्,‘हाम्रै एक जना साथीलाई आरोप लगाइएको छ । न्यायालयमा विचाराधीन मुद्दा रहेको छ । यो आरोपलाई प्रमाणित गराउन हाम्रै साथीहरु दबाब दिनुभएको छ । यो न्यायालयको काम हो ।’

पार्टीका नेताहरु विरुद्ध अभिव्यक्ति दिनेहरुलाई छानबिनको दायरामा ल्याउनका लागि उनले सभापति शेरबहादुर देउवासँग आग्रह गरिन् ।

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १८:२२
Weather Update