जोसँग बन्दुक छैन उसलाई बन्दुके भनियो : विप्लव

काठमाडौं— नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पुरानो सत्ता फालेर नयाँ सत्ता निर्माण नभएसम्म जनताको समस्या समाधान नहुने दोहोर्याएका छन् ।
काठमाडौंमा आयोजित ‘वर्तमान सन्दर्भ पुष्पलाल’ विषयक अन्तक्रियामा उनले राज्यसत्ता परिर्वतन नभएसम्म जनताका समस्या ज्यूँका त्यूँ रहने बताए ।
उनले भने,‘आर्थिक, राजनीतिक परिर्वतन किन भएन ? निराशा किन आयो ? यसको मुख्य कारण सत्ता हो । जनताको हातमा सत्ता नआएसम्म र पुरानो सत्तालाई फालेर नयाँ सत्ता स्थापित नभएसम्म त्यो हल हुँदैन ।’
आफूसँग बन्दुक नै नभए पनि बन्दुके भन्ने गरिएको उनको टिप्पणी छ । ‘हामीले नहिच्किचाएर भन्नुपर्छ, पुरानो सत्तालाई फालेर नयाँ सत्ता नआएसम्म कुनै पनि समस्या हल हुँदैन,’ उनले भने ।
प्रकाशित मिति: आइतबार, साउन ७, २०८० २०:५३