News Griha :: न्यूजगृह
मिनेन्द्रको गगनलाई सुझाव : संसदीय दलको खनायोमा मन नडुलाउनुस्

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मिनेन्द्र रिजालले महामन्त्री गगन थापालाई संसदीय दलको नेतामा मन नडुलाउन सुझाएका छन् । 

पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय समितिको बैठकमा रिजालले आइतबार भने, ‘सभापतिको पनि २०८४ को निर्वाचनमा पार्टी राम्रो बनोस् बलियो बनोस भन्ने छ । महामन्त्री थापा पनि ०८४ सम्म यति काम गरौँ र त्यसपछि पार्टीलाई मज्जैले अगाडि लैजान सकिन्छ भनेर लाग्नुभएको छ । तर, दुवैको मत कहाँनिर बाझियो भन्दा खोज्दै जाँदा मलाई लाग्यो यो संसदीय दलको खनायो छ नि त्यतातिर मन नडुलाए देखि सभापति र महामन्त्रीको ध्यान एकै तर्फ हुन्छ जस्तो लाग्यो ।’   

त्यस्तै, रिजालले पार्टीमा निणर्य गरिहाल्ने तर कुनै पनि निर्णयलाई अन्तिम सम्म लैजानको लागि कार्यान्वयन गर्ने प्रवृत्ति नभएको भन्दै त्यस्तो प्रवृत्तिबाट बाहिर आउनुपर्ने धारणा राखे । 

छिटो निणर्य गर्ने भन्दा विस्तारै निणर्य गरेर छिट्टो त्यसलाई कार्यान्वयन गरेर देखाउनुपर्ने उनले बताए । नेता रिजालले पार्टीले एकलौटी रुपमा केन्द्रमा बसेर निणर्य गर्ने प्रवृत्तिलाई त्यागेर जिल्ला देखि प्रदेश र स्थानीय तहलाई अधिकार बाँड्नु पर्नेमा जोड दिएका छन् ।  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १६:००
Weather Update