News Griha :: न्यूजगृह
क्रियाशील सदस्य बढाएर मात्रै  कांग्रेस सङ्गठित नहुने डा सशाङ्क कोइरालाको भनाइ

काठमाडौं—  नेपाली कांग्रेसका डा शशाङ्क कोइरालाले क्रियाशील सदस्य बढाएर मात्र पार्टी सङ्गठित नहुने बताएका छन् ।

कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आइतबार आफ्नो धारण राख्दै केन्द्रीय सदस्य कोइरालाले अब राम्रो मानिस चुनेर संगठन विस्तार गर्न तर्फ लाग्नु पर्ने बताए । 

उनले भने, ‘अब हाम्रो बाटो के हो ? हामीले कस्तो खालको क्रियाशील दिँदै छौं? केन्द्रबाट हो की वडाबाट हो ? क्रियाशील सदस्य बढाएर मात्र पार्टी सङ्गठित हुँदैन । तब सम्म हुँदै जब भित्रबाट नै नेपाली कांग्रेसको नीति ठीक हो भनेर लाग्दैन । त्यसैले बढाउन तर्फ भन्दा पनि राम्रो मान्छे चुनेर राखौं ।’  

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १३:२६
Weather Update