लुम्बिनी प्रदेश सभा बैठक स्थगित

काठमाडौं— संघीय संसद् तथा प्रदेश सभाका सभामुख तथा उपसभामुखहरूको बैठक लम्बिएपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सोमबारका लागि बोलाइएको बैठक सूचना प्रकाशित गरी मंगलबारसम्मका स्थगित गरिएको हो । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
यसअघिको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएका थिए ।
प्रकाशित मिति: सोमबार, साउन ८, २०८० ०९:२६