आन्दोलनको क्रममा कालोमोसो दल्ने नेताकार्यकर्ताको सदस्यता स्वतः खारेज गर्ने कांग्रेसको निर्णय
काठमाडौं— नेपाली कांग्रेसले आन्दोलनको क्रममा कालोमोसो दल्ने नेताकार्यकर्ताको सदस्यता स्वतः खारेज गर्ने निर्णय गरेको छ ।
केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनको क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्नेको सदस्यता खारेज गर्ने निर्णय भएको महामन्त्री विश्वप्रकाश शर्माले बताए ।
बुधबार महामन्त्री शर्माले भने,‘जातीय विभेद, घरेलु हिंसा या अन्य सामाजिक विसंगतिहरूमा प्रमाणित वा कुनै पनि प्रकृतिका मागहरू अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार, शारीरिक आक्रमण, कालोमोसो दल्ने घटनामा आबद्ध व्यक्तिको सदस्यता अविलम्ब खारेज हुन्छ ।’
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १८:५३