कम आलोचना भएको भन्दै देउवाले दिए धन्यवाद
काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम आलोचना भएको भन्दै पार्टी केन्द्रीय सदस्यहरूलाई धन्यवाद दिएका छन् ।
बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति देउवाले बैठकमा जीवन्त छलफल भएको बताए ।
उनले भने,‘धेरै आलोचना होला भन्ने थियो, कम भयो । यसका लागि धन्यवाद ।’
बैठकको लाइभ गरेका कारण पार्टीमा एकसेएक योग्य नेताहरु छन् भन्ने सबैले बुझ्न पाएको समेत उनले बताए ।
देउवाले आगामी असोज २ गते केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १९:४६