News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सकियो, बालकृष्ण खाणबारे कुनै निर्णय भएन

काठमाडौं— गत जेठ २ गतेदेखि सुरु भएको नेपाली कांग्रेसको कन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलजीवन बिताइरहेका नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाणलाई निलम्बन गर्ने विषयमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले कुनै निर्णय गरेन ।

बैठकमा महामन्त्री गगन थापासहित केही नेताले उनलाई निलम्बन गर्नुपर्ने मत राखेका थिए भने केहीले उनलाई साथ दिनुपर्ने मत राखेका थिए ।

महामन्त्री शर्माले यसबारे अर्का महामन्त्री थापाको लिखित मत रहेको बताए । महामन्त्री थापाले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा राखेका थिए ।

तर कांग्रेसले भ्रष्टाचार जघन्य अपराध भएको भन्दै जो कोहीले भ्रष्टाचार गरे कानून बमोजिम कारबाही हुनुपर्ने बताएको छ । आफ्नो समर्थनमा बनेको वर्तमान सरकारले थालेको कदमलाई साथ र समर्थन गर्ने समेत कांग्रेसले बताएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १८:२६
Weather Update