News Griha :: न्यूजगृह
एकीकृत समाजवादीले एमसीसी सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग्ने

काठमाडौं— नेकपा एकीकृत समाजवादीको केन्द्रिय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको कार्यान्वयनको अवस्थाबारे सरकारसँग जानकारी माग गर्ने निर्णय गरेको छ । 

असार २९ र ३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौताको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो । बैठकका निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिका बारेमा त्यसको घोषणा पत्रमा सबैकुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभुत तथा राजनीतिक अन्तरबिरोधका बारेमा पार्टीका दृष्टिकोण कार्यकर्ताहरूलाई स्पष्ट पार्ने निर्णय भएको बताए ।

उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानका बारेमा छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८, १९ गते पोलिटब्युरो र २०, २१ गते केन्द्रिय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताए । बैठकले वर्षाका कारण हुने क्षतिबाट नागरिकको रक्षा गर्दै धनको सुरक्षा गर्न र राहत, उद्धार तथा पुनः स्थापनाका लागि पूर्वतयारीका साथ लाग्न सरकारसँग आह्वान गरेको छ ।

त्यस्तै देशभर पशुमा देखिएको लम्पीस्किन रोगबाट भएको क्षतिको राहत व्यवस्था गर्न माग गरेको छ । बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ ।  

 

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:५३
Weather Update