सुन प्रकरण छानबिन गर्न संसद्मा एमालेको माग
काठमाडौं— प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन प्रकरणबारे छानबिन गर्न माग गरेको छ ।
प्रतिनिधि सभाको बुधबारको बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू बसेको ठाउँबाट उठेका थिए । लगत्तै सभामुख देवराज घिमिरेले बोल्न प्रमुख सचेतक पदम गिरीलाई समय दिएका छन् ।
उनले सुन प्रकरणबारे छानबिन गर्न माग गरेका छन् । ‘सत्तापक्षकै दलका नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन प्रकरणमा छानबिन गर्नुपर्छ,’ उनले भने, ‘ठूला माछा उम्कने, सानालाई खोजीखोजी कारबाही गर्ने?’
महराले पटकपटक भन्सारका कर्मचारीलाई फोन गर्ने गरेको उनको भनाइ छ।
प्रकाशित मिति: बुधबार, साउन १०, २०८० १५:२९