News Griha :: न्यूजगृह
गगनको प्रस्ताव– आरोप लागेका झण्डावालाको झण्डा छोपेर घर पठाऔँ
गगनको प्रस्ताव– आरोप लागेका झण्डावालाको झण्डा छोपेर घर पठाऔँ नेपाली कांग्रेसका सांसद गगन थापाले विभिन्न आरोप लागेकालाई सरकारी जिम्मेवारीबाट मुक्त गर्नुपर्ने बताएका छन्। सत्तारुढ नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद थापाले आजको प्रतिनिधि सभा बैठकमा आरोप प्रत्यारोपमा उत्रनुको साटो दोषीलाई कारबाहीको दायरामा पुर्‍याउनै पर्ने बताए। कसैको पक्ष नलागी काम गर्नुपर्ने उनको भनाइ छ। बैठकमा सांसद थापाले भने,‘आरोप प्रत्यारोप छोडौँ। अब...
सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन
सदनमा जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक पुन: सुरु भएको छ। १५ मिनेटका लागि स्थगित बैठक केही ढिलो गरी सुरु भएको हो। बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदले उठेर विरोध गरेपछि सभामुखले सांसदले उठाएका सवालमा आगामी बैठकमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्। सभामुखको निर्देशनपछि अहिले प्रतिनिधि सभा बैठक सञ्चालन भइरहेको छ।
लगातारको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित
लगातारको नाराबाजीपछि प्रतिनिधि सभा बैठक १५ मिनेटलाई स्थगित प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका विपक्षी दलका सांसदहरूले सरकारविरुद्ध नाराबाजी गर्न थालेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्। विपक्षी दलहरूले सरकारले सदनलाई वेवास्ता गरेको, सभामुखले पटक पटक दिएको रुलिङलाई अन्देखा गरेको, सदनले सोधेको जवाफ नदिएको आरोप लगाउँदै सदनमै नाराबाजी गरेका थिए। ...
संसदमा विपक्षी दलको नाराबाजी
संसदमा विपक्षी दलको नाराबाजी प्रतिनिधि सभाको जारी बैठकमा विपक्षी दलका सांसदले नाराबाजी गर्न थालेका छन्। सरकार संसदप्रति उत्तरदायी नभएको, सभामुखले पटक पटक गरेको रुलिङको वेवास्ता गरेको आरोप लगाउँदै सांसदहरूले सरकारविरुद्ध नाराबाजी गरेका छन्। विवादित मन्त्री राजीनामा दे, मिटरव्याज पीडितलाई न्याय दे, सहकारी लघुबित्त पीडितलाई न्याय दे, बालकुमारी घटनाका दोषीलाई कारबाही गर् भन्दै नाराबाजी गरेका...
रवि लामिछानेको प्रश्न– संसदलाई किन द्वन्द्वको मैदान बनाइँदैछ?
रवि लामिछानेको प्रश्न– संसदलाई किन द्वन्द्वको मैदान बनाइँदैछ? राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदलाई किन द्वन्द्वको मैदान बनाइँदैछ भन्दै प्रश्न गरेका छन्। आजको प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै सरकारले पटक पटक सभामुखको रुलिङलाई पनि वेवास्ता गरेर गम्भीर गल्ती गरेको बताए। उनले सदनलाई द्वन्द्वको मैदान बनाउन किन खोजियो भन्दै प्रश्न गरे। एकले अर्कोलाई आरोप प्रत्यारोप गर्ने थलो...
सरकारले टुलुटुलु हेरेर बसेको हामीलाई मान्य छैन– राजेन्द्र लिङ्देन
सरकारले टुलुटुलु हेरेर बसेको हामीलाई मान्य छैन– राजेन्द्र लिङ्देन राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको पीडा टुलुटुलु हेरेर बसेको आरोप लगाएका छन्। आजको संसद बैठकमा आफ्नो धारणा राख्दै सरकारले तीन विषय मिटरव्याज पीडित, लघुवित्त पीडित दुग्ध किसानको समस्या हल नगरे आउने बैठकबाट राप्रपाले सदन अवरुद्ध पार्ने चेतावनी दिए। 
गोकुल बाँस्कोटाको प्रश्न– सरकारले कानमा रुवा हालेर बसेको छ?
गोकुल बाँस्कोटाको प्रश्न– सरकारले कानमा रुवा हालेर बसेको छ? प्रतिनिधि सभाको आजको बैठक सुरु भएको छ। बैठक सुरु हुनासाथ प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेपछि सभामुखले विपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटालाई बोल्ने समय दिए। बास्कोटाले भने, ‘दिन बित्यो, रात बित्यो, हप्ता बित्यो, एउटै कुरा बारम्बार उठाइरहेको। सरकारले किन केही गर्दैन ? सरकारले कानमा रूवा हालेर बसेको छ...
कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्न दबाब
कांग्रेसबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्न दबाब नेपाली कांग्रेसका बहालवाला र नवनिर्वाचित राष्ट्रियसभा सदस्यले राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसले पाउनुपर्नेमा जोड दिएका छन्। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा आइतबार भेला भएका राष्ट्रिय सभा सांसदले कांग्रेसभित्रबाटै राष्ट्रिय सभा अध्यक्ष चयन गर्नुपर्ने भन्दै नेतृत्वलाई दवाव दिने तयारी गरेका छन्। राष्ट्रियसभा संसदीय दलका नेता रमेशजंग रायमाझीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसबाटै हुने बताए।...
सरकारका कामकारबाही बारे माओवादीले स्थायी कमिटीमा छलफल गर्ने
सरकारका कामकारबाही बारे माओवादीले स्थायी कमिटीमा छलफल गर्ने सत्तारुढ नेकपा माओवादी केन्द्रले सरकारका काम कारबाहीबारे पार्टीको स्थायी कमिटी बैठकमा छलफल गर्ने भएको छ।बैठकमा सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउने, अनुचित लेनदेन (मिटरब्याज) पीडित र सहकारीका समस्या सम्बोधन गर्ने विषयमा छलफल हुने माओवादीले जनाएको छ। समसामयिक राजनीतिक विषयमा पनि सत्ता साझेदार दलसँगको छलफलका आधारमा निर्णय गर्ने गरी माओवादीले तयारी...
इलाम-२ को उपनिर्वाचन वैशाख १५ मा
इलाम-२ को उपनिर्वाचन वैशाख १५ मा प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख गते उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले ०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो। इलाम-२ मा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङको मृत्यु भएपछि रिक्त रहेको उक्त ठाउँमा वैशाख १५ मा निर्वाचन हुनेछ। आजको बैठकले गरेको...
संसदमा प्रतिपक्षी एमालेको आक्रोश: नैतिक पतन भएका मन्त्रीलाई पदमा बस्ने अधिकार छैन
संसदमा प्रतिपक्षी एमालेको आक्रोश: नैतिक पतन भएका मन्त्रीलाई पदमा बस्ने अधिकार छैन नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले बालकुमारी घटनामा दोषी देखाइएका यातायात तथा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषको जग्गा लिजमा दिने संस्कृती पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधी सभाको आकस्मिक समयमा बोल्दै प्रमुख चेतक गिरीले प्रतिपिक्षी...
सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण
सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले विकास निर्माणको क्षेत्रमा भएको विकृतिको नियन्त्रण, सहकारीपीडितको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले सदनमा उठाइएका विषयवस्तुलाई तत्काल कार्यान्वयनमा ल्याउन सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए। सांसद बिजुला रायमाझीले जनताका मागका सन्दर्भमा उठाइएका विषयलाई सम्बोधन गर्न माग गरिन। सांसद...
Weather Update