
काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख गते उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको आजको बैठकले ०८१ वैशाख १५ गते शनिबार उपचुनाव गर्ने निर्णय गरेको हो। इलाम-२ मा नेकपा एमालेबाट निर्वाचित सुवास नेम्वाङको मृत्यु भएपछि रिक्त रहेको उक्त ठाउँमा वैशाख १५ मा निर्वाचन हुनेछ।
आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ तथा प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम बझाङ जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०६१ वैशाख १५ गते शनिबारका दिन उपनिर्वाचन गर्ने गरी मिति तोक्ने निर्णय गरेको छ।’
आजको बैठकले गरेको निर्णयबारे आयोगले प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै सरकारसँगको परामर्शका आधारमा वैशाख १५ को मिति तय गरिएको उल्लेख गरिएको छ।
यो पनि पढ्नुहोस
इलाम २ उपनिर्वाचन: उम्मेदवारका लागि ‘सर्भे’ गर्दै कांग्रेस र एमाले, रास्वपाका लागि परीक्षा!