प्रतिष्ठा जोगाउनुपर्ने चुनावका लागि कांग्रेस एमालेलाई उम्मेदवार छान्नै महाभारत!बिहीबार, फागुन १७, २०८०

जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक छ: प्रधानमन्त्री बिहीबार, फागुन १७, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जिम्मेवारी पन्छाएर राज्यलाई क्षति भए सोही व्यक्तिलाई क्षतिपूर्ति भराउने प्रणाली आवश्यक भएको बताउनुभएको छ। चालु आवको नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन समीक्षा बैठकमा प्रधानमन्त्रीले निर्णय नलिएकै र पन्छाएकै कारणबाट मुलुकलाई कति हानी-नोक्सानी वा क्षति हुनसक्छ भन्ने मूल्याङ्कन गर्ने प्रणाली स्थापित गर्नुपर्ने बताए।

राष्ट्रिय सभाबाट बिदा हुन लागेका २० सांसदले सुनाउँदैछन् ६ वर्षको अनुभव बिहीबार, फागुन १७, २०८० संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक अहिले जारी छ। आज (बिहीबार)को बैठकमा २० जना सांसद्ले आफ्नो ६ वर्षको अनुभव सुनाउनका लागि समय पाएका छन्। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका छन्।

प्रहरीसँग धकेलाधकेल हुँदा राजेन्द्र महतो घाइते, ट्रमा सेन्टरमा उपचार हुँदै बुधबार, फागुन १६, २०८० हालै मात्र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर राष्ट्रिय मुक्ति आन्दोलन घोषणा गरेका राजेन्द्र महतो प्रहरीसँगको धकेलाधकेलका कारण घाइते भएका छन्। हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको जनाइएको छ।

ओली भन्छन्– एमाले सरकार फेर्ने खेलमा छैन बुधबार, फागुन १६, २०८० प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकार फेर्ने खेलमा नरहेको बताएका छन्। अहिलेको सरकार फेर्ने, गठबन्धन बदल्ने जस्तो खेलमा एमाले नरहेको ओलीको भनाइ छ।

संघीय निजामती ऐन संसद्मा दर्ता गर्ने तयारीमा छौँ: प्रधानमन्त्री बुधबार, फागुन १६, २०८० राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बुधबार बसेको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई टुङ्ग्याइसेकेको जानकारी दिए। अब उक्त विधेयक सदनमा प्रस्तुत गर्ने अन्तिम तयारी भइरहेको प्रधानमन्त्रीको भनाइ छ।

प्रचण्डले बुहारीलाई सहइञ्चार्ज बनाएपछि माओवादीमा खैलाबैला बुधबार, फागुन १६, २०८० प्रचण्डको कार्य विभाजनको प्रस्तावविरुद्ध उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले मंगलबार नै फरक मत राखेका थिए। कार्य विभाजन गर्दा पार्टी निर्माण गर्न संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्य राख्नुको सट्टा विधि विपरीत, आफ्नो अनुकूलता हेरिएको भन्दै शर्माले लिखित असहमति राखेका थिए। नेता शर्माले प्रचण्डको प्रस्ताव केही नेतालाई राजनीतिक रुपबाट विस्थापित र अपमानित...

माओवादीले तोक्यो प्रदेश इन्चार्ज बुधबार, फागुन १६, २०८० नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन टुङ्ग्याएको छ। पार्टी मुख्यालय पेरिसडाँडामा आज सम्पन्न स्थायी समिति बैठकले नेताहरूलाई प्रदेशको इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकेको हो।माओवादीले कोशी प्रदेशको इन्चार्जमा हरिबोल गजुरेल र सहइन्चार्जमा सावित्रीकुमारी काफ्ले, मधेसको इन्चार्जमा सचिव लीलामणि पोखरेल र सहइन्चार्जमा स्थायी समिति सदस्य विश्वनाथ साह, बागमतीको इन्चार्जमा उपाध्यक्ष एवं प्रवक्ता...

आगामी निर्वाचनमा एक्लै चुनाव लड्ने माओवादीको निर्णय बुधबार, फागुन १६, २०८० कपा माओवादी केन्द्रले आगामी निर्वाचनमा चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा बुधबार बसेको स्थायी समिति बैठकमा माओवादीले अब आउने निर्वाचनमा एक्लै निर्वाचन लड्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बताए।

एमाले ‘मिसन ८४’ मा छ : अध्यक्ष ओली बुधबार, फागुन १६, २०८० नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले हाल ‘मिसन–८४’ लाई प्रमुख लक्ष्य बनाएर अघि बढेको बताएका छन्।‘मिसन ८४’ अर्थात् २०८४ सालमा हुने निर्वाचनमा देशको सबैभन्दा ठूलो दल बन्ने लक्ष्यका साथ एमाले अघि बढेको उनको भनाइ छ। विराटनगर विमानस्थलमा बुधबार बिहान सञ्चारकर्मीहरूसँग उनले वर्तमान गठबन्धन सरकारले सरकार टिकाउने काममा मात्र...

राष्ट्रिय सभा अध्यक्षमा आफ्नै उम्मेदवार उठाउने माओवादी निर्णय बुधबार, फागुन १६, २०८० माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको छ।बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट पनि उम्मेदवार उठाउने निर्णय गरेको हो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। यसअघि राष्ट्रिय सभा निर्वाचनको सिट बाँडफाँड गर्दा सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी र प्रमुख...

मुख्यमन्त्री भन्छन्: कर्णाली पछि परेको होइन, पारिएको हो बुधबार, फागुन १६, २०८० कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीलाई राज्यले नै पछि पार्ने काम गरेको आरोप लगाएका छन्। ‘कर्णाली आफैँ पछि परेको होइन, बरू राज्यले नै पछि पार्ने काम भएको हो, पछाडि पारिएको हो,’ उनले भने। उनले कर्णालीलाई पछि परेको क्षेत्रकारुपमा चिनाइएको भन्दै त्यो भाष्य गलत भएको र बदल्न आवश्यक रहेको बताए। सुर्खेतमा...

आजको माओवादी स्थायी कमिटीले नेताहरूको जिम्मेवारी हेरफेर गर्ने बुधबार, फागुन १६, २०८० नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । केही दिनदेखि निरन्तर छलफलमा रहेका नेताहरूले आजको बैठकबाट पार्टीका नेताहरूको जिम्मेवारी हेरफेर गर्ने र थप प्रभावकारी बनाउने तयारी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पार्टीको आगामी जागरण अभियानबारे तयारी र नेताहरूको जिम्मेवारी बाँडफाँटबारे टुंगो लगाउने उपाध्यक्ष एवम् प्रवक्ता...