News Griha :: न्यूजगृह
जनताको शक्ति बुझेमात्रै देश विकास हुन्छः रवि लामिछाने 
जनताको शक्ति बुझेमात्रै देश विकास हुन्छः रवि लामिछाने  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले सरकारले जनताको शक्तिलाई बुझ्न सके देशको मुहार फेरिने बताएका छन्। भरतपुर भ्रमण वर्ष २०२४ को शुक्रबार नारायणगढमा आयोजित उद्घाटन समारोहमा उनले मञ्च रहेको शक्तिले मञ्च तलको शक्तिलाई पहिचान गर्नुपर्ने र  यसो गर्न सके मात्रै देशले नयाँ रुप लिने बताए। मञ्चमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस...
रचनात्मक बन्न सकेन संसद, आरोप प्रत्यारोपमा अल्झिए सांसद 
रचनात्मक बन्न सकेन संसद, आरोप प्रत्यारोपमा अल्झिए सांसद  कानून निर्माण गर्ने थलो संघीय संसदको प्रतिनिधि सभा बैठक जनताको अवश्यकता परिपूर्ति गर्ने र समस्या समाधानमा केन्द्रित रहने भन्दा धेरै पक्ष र प्रतिपक्षीको अडान र रोष पोख्ने स्थान बन्दै गैरहेको छ। हिउँदे अधिवेशन सुरु भएपछि सदन चलेका दिन सरकारको काम कारबाहीलाई लिएर सडकदेखि उठेका जनताका प्रश्नमा सरकारको जवाफ माग्न निरन्तर...
रातो किताब देखाउँदै सांसदको प्रश्न– यहाँ आएका विकासका कार्यक्रम खोई?
रातो किताब देखाउँदै सांसदको प्रश्न– यहाँ आएका विकासका कार्यक्रम खोई? प्रतिनिधि सभाका जारी बैठक धेरै रोचक हुन थालेका छन्। बैठकमा सांसदहरूले विकासका काम बारे सरकारको खबरदारी गरे पनि सरकार मौन किन भन्दै कडा प्रश्न सोध्ने गरेका छन्। यस्ता रोचक किस्काको संख्या दैनिक बढ्दो छ। आजको संसदमा पनि १० मिनेट बोल्ने समय पाएका सांसद दिपक गिरीले हाम्रो खबरदारी सरकारले किन सुन्दैन...
देउवा भन्छन्– गठबन्धन केही हुँदैन
देउवा भन्छन्– गठबन्धन केही हुँदैन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच कुनै समस्या नरहेको बताएका छन्। गठबन्धन केही नहुने देउवाको भनाइ छ। भरतपुर भ्रमण वर्ष, २०२४ को उद्घाटन समारोहमा सहभागी हुन शुक्रबार चितवन पुगेका पूर्वप्रधानमन्त्री देउवाले विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनले निरन्तरता पाउने बताए। 
संसद्‌मा जवाफ दिन भन्दै सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन
संसद्‌मा जवाफ दिन भन्दै सभामुखको पाँचौं रुलिङ, सरकार भने मौन सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको चालु अधिवेशन सुरु भएयता सरकारका नाममा पाँचौं पटक रुलिङ गरेका छन्। सांसदहरुले आज (शुक्रबार)को बैठकमा सरकारले सदनमा उठेका प्रश्नहरुको जवाफ नदिएको भनेर विरोध गरेपछि सभामुखले रुलिङ गरेका हुन्। 
संसद् बैठकमा प्रतिपक्षी सांसदको व्यङ्ग्य– ‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति बनाऊ
संसद् बैठकमा प्रतिपक्षी सांसदको व्यङ्ग्य– ‘प्रधानमन्त्री खोज्न’ उच्चस्तरीय समिति बनाऊ नेकपा एमालेका सांसद सूर्य थापाले प्रधानमन्त्रीको खोजी गर्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो कि भन्दै व्यङ्ग्य गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार संसद्प्रति जवाफदेही नभएको भन्दै प्रधानमन्त्रीलाई खोज्न उच्च स्तरीय समिति बनाउनु पर्ने हो की संसद् स्थगित गर्नुपर्ने हो भन्दै प्रश्न गरेका छन्।
संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल
संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानअनुरूप बन्नुपर्ने कानुनहरू बनाउन सरकार गम्भीर भएर लागिरहेको बताएका छन्। उनले सरकारले संविधानप्रदत्त हक र अधिकारहरूको क्रमशः सुनिश्चितता गर्दै अघि बढेको दाबी गरे। शुक्रबार बिहान भरतपुरमा प्रधानमन्त्री दाहालले भने, ‘संविधान अनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको छ। संविधानप्रदत्त हकहरूको क्रमशः कार्यान्वयन हुँदै...
राष्ट्रिय सभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने कार्यसूची
राष्ट्रिय सभा बैठक बस्दै, सम्पत्ति शुद्धीकरण विधेयकमाथि छलफल हुने कार्यसूची कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले, विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त 'सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरीङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ माथि छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने र सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची बैठकको सुरुमै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ। त्यस्तै आजको बैठकमा परराष्ट्र नारायण प्रकाश साउदले बिमस्टेक बडापत्र प्रस्तुत गर्नेछन्। 
उपनिर्वाचनको तयारीमा रास्वपा, ६ सांसद इलाम जाँदै
उपनिर्वाचनको तयारीमा रास्वपा, ६ सांसद इलाम जाँदै सांसद सोबिता गौतम इलाम नगरपालिका, गणेश पराजुली देउमाई नगरपालिका, मनिष झा माई नगरपालिका, अशोक चौधरी चुलाचुली गाउँपालिका, हरि ढकाल  माङसेबुङ गाउँपालिका र असिम साह फाकफोकथुम गाउँपालिकामा परिचालित हुनेछन्। इलाममा रहँदा सबै सांसदले स्थानीयसँग भेटघाट र छलफल गर्ने रास्वपाले जनाएको छ। 
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गते
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ फागुन २१ गते उनीहरूको सपथ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा  हुनेछ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६८ को उपदफा ९२० अनुसार कुनै सदस्यले नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन चाहेमा शपथको ब्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको एक प्रतिसहित संघीय संसद् सचिवालयमा निवेदन दिन आग्रह गरिएको छ।
शिक्षामन्त्रीको दाबी– त्रिविमा उपकुलपतिको नियुक्ति निष्पक्ष छ
शिक्षामन्त्रीको दाबी– त्रिविमा उपकुलपतिको नियुक्ति निष्पक्ष छ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले त्रिभुवन विश्वविद्यालयमा उपकुलपति छनोट प्रक्रिया निष्पक्ष, कानुन सम्मत र व्यवहार कुशलताको हिसाबले उपयुक्त भएको दाबी गरेका छन्। उपकुलपतिलाई काम गर्ने वातावरण बनाउन सबै राजनीतिक दल एक भएर लाग्नुपर्ने मन्त्री राईको भनाइ छ। 
Weather Update