News Griha :: न्यूजगृह
रातो किताब देखाउँदै सांसदको प्रश्न– यहाँ आएका विकासका कार्यक्रम खोई?

काठमाडौं– प्रतिनिधि सभाका जारी बैठक धेरै रोचक हुन थालेका छन्। बैठकमा सांसदहरूले विकासका काम बारे सरकारको खबरदारी गरे पनि सरकार मौन किन भन्दै कडा प्रश्न सोध्ने गरेका छन्। 

यस्ता रोचक किस्काको संख्या दैनिक बढ्दो छ। आजको संसदमा पनि १० मिनेट बोल्ने समय पाएका सांसद दिपक गिरीले हाम्रो खबरदारी सरकारले किन सुन्दैन भन्दै प्रश्न गरे। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासका विभिन्न उदाहरण दिँदै उनले सरकारले सांसदले उठाएका सवालको सुनुवाइ किन गर्दै भन्दै पटक पटक प्रश्न सोधे। 

जनताका आवाज लिएर आफूहरूले संसदमा बोले पनि बोलिको महत्व नभएको तर्क उनको थियो। उनले रातो किताब देखाउँदै भने, ‘आज म रातो किताब नै लिएर आएको छु। बजेटको यो रातो किताबमा समावेश आयोजना किन बन्दैन। प्रिबजेट त आइसक्यो। खोइ बजेट विनियोजित भएको कार्यक्रम सञ्चालन भएको ?’

सांसदहरूलाई प्रश्न गर्दै उनले भने, ‘तपाईंहरूको क्षेत्रमा कसरी विकास भएको छ? विकास भएको छ कि छैन? मेरो तिर त केही काम नै भएको छैन। रातो किताबमा लेखिएका विकासका काम कहाँ गएका छन्?’

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १४:०६
Weather Update