News Griha :: न्यूजगृह
एमालेसँग नजिकिएपछि प्रचण्डले भने– आजैदेखि कम्युनिष्ट एकताको पहल थालेँ
एमालेसँग नजिकिएपछि प्रचण्डले भने– आजैदेखि कम्युनिष्ट एकताको पहल थालेँ प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन टुटाएर नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग सत्ता सहकार्य गर्ने स्पष्ट पारेका छन्।  सोमबार सुखानी शहीदका परिवारसँग भेट गरेका उनले आफूले कम्युनिष्ट एकताको लागि थप पहल आजैदेखि सुरु गरेको बताए। माओवादीले कम्युनिष्ट आन्दोलन र जनयुद्ध जोड्नुपर्छ भनेर फागुन १४ देखि २१ सम्म शहीद सप्ताह मनाउँदै आएको छ।...
बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ
बन्यो एमाले, माओवादी, रास्वपासहितको नयाँ गठबन्धन, आजै ४ मन्त्रीको शपथ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहितको गठबन्धन टुटेर नयाँ समीकरणको सरकार बन्ने भएको छ।पछिल्लो सहमतिअनुसार एमाले, रास्वपा र जसपाबाट एकएक जना सरकारमा सहभागि हुनेछन्। उनीहरूले आजै शपथ लिनेसमेत स्रोतको दाबी छ। एमालेले पदम गिरीलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। माओवादी, रास्वपा र जसपाले मन्त्री टुंग्याउन बाँकी...
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई
रास्वपामा परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापतिलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वर्तमान राजनीतिक परिस्थिति हेरेर निणर्य लिने अधिकार सभापति रवि लामिछानेलाई दिएको छ। सोमबार बिहानै बसेको पार्टी सचिवालय बैठकले वर्तमान राजनीतिक घटनाक्रमको समीक्षा गर्दै अब तत्काल लिनुपर्ने राजनीतिक निणर्यहरू लिने अधिकार सभापतिलाई दिएको हो। बैठकमा सभापति लामिछानेले समसामयिक घटनाक्रमबारे बिफ्रिङ गरेका थिए । सत्ता गठबन्धनमा खटपट पैदा...
 नयाँ सत्ता गठबन्धन घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी
 नयाँ सत्ता गठबन्धन घोषणा गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै नयाँ सत्ता गठबन्धन घोषणा गर्ने तयारी गरेका छन्। सोमबार एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डसँगको सहमतिबारे जानकारी गराएका हुन्। एमाले सचिवालय बैठक सकेर महासचिव शंकर पोखरेल बालुवाटार जाँदै छन्। एमालेले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि बढ्न तयार रहेको बताएको छ।
कांग्रेस–माओवादी ​गठबन्धन संकटमा, नयाँ ढंगले अघि बढ्न एमाले तयार
कांग्रेस–माओवादी ​गठबन्धन संकटमा, नयाँ ढंगले अघि बढ्न एमाले तयार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि  बढ्न तयार रहेको बताएका छन्। आज बिहान पार्टीले बालकोटमा बोलाएको आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको बताए । ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै...
संसदको दुवै बैठक आज, प्रधानमन्त्रीले जवाफ दिने    
संसदको दुवै बैठक आज, प्रधानमन्त्रीले जवाफ दिने     संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले अघिल्लो बैठकहरुमा समसामयीक विषयमा उठाएका प्रश्नको जवाफ दिने भएका छन्। यस्तै प्रतिनिधिसभाको आजको बैठकमा महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन...
सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक जारी सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। बालुवाटारमा जारी बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। पदाधिकारी बैठकपछि सत्ता गठबन्धनको बैठक पनि बस्न सक्ने उनले बताए। न्यूज गृहसँग कुरा गर्दै उनले भने, ‘अहिले पार्टीको पदाधिकारी बैठक जारी छ। बैठक टीआरसीकै विषयमा...
प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक
प्रधानमन्त्रीले आज संसद्मा जवाफ दिने, त्यसअघि सत्ता गठबन्धन बैठक प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा उठेका सवालहरुमा आज जवाफ दिने कार्यसूची छ। त्यसअघि उनले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। बालकुमारी घटनामा भौतिक पूर्वाधार मन्त्रीको भूमिका र अन्य मन्त्रीहरुका कामकारबाहीका विषयमा सांसदहरुले पेचिला प्रश्नहरु उठाएका छन्।सरकार र मन्त्रीहरुको कामबारे उठेका ती प्रश्नहरुको जवाफ दिन सभामुख देवराज घिमिरेले यसअघिको बैठकमै रुलिङ गरेका...
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज शपथ लिने
राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज शपथ लिने राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यले आज पद तथा गोपनियताको सपथ लिँदैछन्।गत माघ ११ गते सम्पन्न भएको निर्वाचनबाट निर्वाचित १९ जना तथा राष्ट्रपतिबाट मनोनित हुने १ जना गरी २० सदस्यले आज पद तथा गोपनियताको सपथ लिदैछन्। उनीको सपथ ग्रहण कार्यक्रम बिहान ११ बजे राखिएको छ। जसअनुसार कोशी प्रदेश विजयी कांग्रेसका कृष्ण...
सोमबार सत्ता गठबन्धनको बैठक बस्ने
सोमबार सत्ता गठबन्धनको बैठक बस्ने विकसित पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार बिहान ८ बजे गठबन्धनको बैठक राखिएको बालुवाटार स्रोतले जानकारी दियो। राष्ट्रिय सभा अध्यक्षको निर्वाचन, विवादमा परेका मन्त्रीमाथि कारबाही लगायत विषयमा छलफल गर्न प्रचण्डले गठबन्धन बैठक बोलाएका हुन्।
नयाँ सत्ता समिकरणको गृहकार्य: ओली, रविसहितका नेताहरू बालुवाटारमा
नयाँ सत्ता समिकरणको गृहकार्य: ओली, रविसहितका नेताहरू बालुवाटारमा नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्। प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतले आइतबार साँझ प्रचण्डसँग ओली र लामिछोनेबीच छलफल भएको पुष्टि गर्‍यो।
अकस्मात् किन भयो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द?, के सत्ता गठबन्धनमा खटपट भएकै हो? 
अकस्मात् किन भयो परराष्ट्रमन्त्रीको फिनल्याण्ड भ्रमण रद्द?, के सत्ता गठबन्धनमा खटपट भएकै हो?  परराष्ट्र मन्त्रालयले उनी ‘सेकेन्ड यूएन एलडीसी फ्युचर फोरम’ मा सहभागी हुन फिनल्यान्ड जाने तय भएको भन्दै आइतबार दिउँसो विज्ञप्ति जारी गरेको थियो। उक्त कार्यक्रम मंगलबार र बुधबार फिनल्याण्डको राजधानी हेल्सिन्कीमा हुँदैछ। सत्ता गठबन्धनमा खटपट भएको भनिएकै बेला अकस्मात् उनको भ्रमण रद्द हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। 
Weather Update