नयाँ सत्ता समिकरणको गृहकार्य: ओली, रविसहितका नेताहरू बालुवाटारमा

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने लगायतका नेताहरू बालुवाटार पुगेका छन्।
प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफलका लागि उनीहरू छुट्टाछुट्टै बालुवाटार पुगेका हुन्। बालुवाटार स्रोतले आइतबार साँझ प्रचण्डसँग ओली र लामिछोनेबीच छलफल भएको पुष्टि गर्यो।
सत्ता गठबन्धनमा खटपट बढेपछि नेताहरूको तीव्र दौडधुप बढेको छ। राष्ट्रिय सभा अध्यक्षको निर्वाचनअघि सत्ता समीकरण चर्चा हुनसक्ने चर्चाका बिच राजनीतिक गतिविधि ह्वात्तै बढेको छ।
आजै एमाले, माओवादी र कांग्रेसले आन्तरिक छलफल पनि गरेका छन् भने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीसँगसमेत छलफल गरेका छन् ।
प्रकाशित मिति: आइतबार, फागुन २०, २०८० २०:०५