News Griha :: न्यूजगृह
प्रधानमन्त्री प्रचण्डसँग रवि लामिछानेको भेट, के भयो कुराकानी? 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर समसामयिक विषयमा ध्यानाकर्षण गराएका छन्।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर सभापति लामिछानेले दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालीन पोखरेलको मृत्यु घटनाको विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

दुग्ध किसानको ७ अर्ब रुपैयाँ बक्यौता बाँकी रहेको भन्दै प्रदर्शनमा उत्रिएका बेला सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेर भुक्तानी दिने प्रबन्ध गर्न आग्रह गरे। 

साथै यही १२ फागुनमा चितवनको रत्ननगर नगरपालिका वडा नं. १० मा रहेको शिशु निकेतन माविको छात्रावासमा कक्षा ८ मा अध्ययनरत शालीन पोखरेल मृत अवस्थामा भेटिएकी थिइन्। उनको मृत्यु रहस्यमय भएको एकसाता पुगिसक्दा पनि मृत्युको कारणबारे आधिकारिक विवरण सार्वजनिक भएको छैन। उनको हत्या वा आत्महत्या भन्नेबारे आधिकारिक धारणा नआएका बेला सभापति लामिछानेले उनको मृत्युको विषयमा पनि प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्।

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:४५
Weather Update