News Griha :: न्यूजगृह
सत्तारुढ माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ। बालुवाटारमा जारी बैठकमा संक्रमणकालीन न्यायलाई टुंग्याउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेसविज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए। 

पदाधिकारी बैठकपछि सत्ता गठबन्धनको बैठक पनि बस्न सक्ने उनले बताए। न्यूज गृहसँग कुरा गर्दै उनले भने, ‘अहिले पार्टीको पदाधिकारी बैठक जारी छ। बैठक टीआरसीकै विषयमा केन्द्रित छ।’

प्रधानमन्त्रीले सत्ता गठबन्धन दलसँग पनि छलफल गर्न लाग्नुभएको हो भन्ने प्रश्नमा तिमिल्सिनाले भने, ‘अहिले पदाधिकारी बैठक पछिल्लो राजनीतिक घटनाक्रमसँगै टीआरसीका विषयमा छलफल भइरहेको छ। छलफल टीआरसीका विषयमा भए पनि गठबन्धनका विषयमा पनि छलफल हुनसक्छ। अहिले पदाधिकारी बैठकले गरेको निर्णय अनुसार के हुने भन्ने तय हुनेछ।’

आजै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बालकोटमा जारी छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको पदाधिकारी बैठक पनि जारी छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०८:५८
Weather Update