News Griha :: न्यूजगृह
कांग्रेस–माओवादी ​गठबन्धन संकटमा, नयाँ ढंगले अघि बढ्न एमाले तयार

काठमाडौं– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीले चाहे आफूहरू नयाँ ढंगबाट अघि  बढ्न तयार रहेको बताएका छन्।

आज बिहान पार्टीले बालकोटमा बोलाएको आकस्मिक बैठकका निर्णय सुनाउँदै ज्ञवालीले गठबन्धनमा दरार आएपछि समीक्षा गर्न बैठक बसेको बताए। ‘प्रधानमन्त्रीले चाहनुभयो भने हामी नयाँ ढंगबाट अघि बढ्न तयार छौँ,’ ज्ञवालीले भने । एमालेले आजै नयाँ समीकरण बन्ने संकेत देखाएको छ।

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ०९:२४
Weather Update