
देउवाले भने– ‘प्रचण्ड धोकेबाज रहेछन्’ सोमबार, फागुन २१, २०८० २०७९ पुस १० मा बनेको गठबन्धन ब्युँतिँदै राजनीतिमा नयाँ ‘ट्वीस्ट’ आएपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी र पूर्वपदाधिकारीसहित केन्द्रीय सदस्य शेखर कोइरालालाई सोमबार बिहान बूढानिलकण्ठमा बोलाए। पार्टी पदाधिकारी र पूर्वपदाधिकारीलाई देउवाले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरे। देउवाले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको...

गृह मन्त्रालय कसले लिने भन्नेमा नयाँ गठबन्धनमा विवाद सोमबार, फागुन २१, २०८० नवगठित गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेका छन्।बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका स्रोतको दाबी छ। बैठकमा माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट...

सिट बाँडफाँट र मन्त्रालय टुंगो लगाउन ४ सदस्यीय कार्यदल गठन सोमबार, फागुन २१, २०८० मन्त्रालय र सिट बाँडफाँटको टुंगो लगाउन चार सदस्यीय कार्यदल बनेको छ। कार्यदलमा एमालेबाट विष्णु पौडेल, माओवादीबाट वर्षमान पुन, रास्वपाबाट रवि लामिछाने र जसपाबाट उपेन्द्र यादव छन्। उनीहरूले कसले कुन मन्त्रालय र कति मन्त्रालय लिने भन्नेबारे टुंगो गर्नेछ।

राष्ट्रपति भेटेर फर्किए प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन्। नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए।नेपाली कांग्रेस सहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमाले सहितका दलहरुको गठबन्धन बनाएको एकीकृत समाजवादीले प्रतिक्रिया दिएको छ।

राष्ट्रपति भेट्न शीतल निवास पुग्दै प्रधानमन्त्री सोमबार, फागुन २१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल नयाँ गठबन्धन बनेको सन्देश सुनाउन राष्ट्रपति निवास जान लागेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलसँग समय लिएर प्रधानमन्त्री दाहाल शीतल निवास आउन लागेको त्यहाँ निकट स्रोतले जनाएको छ।

प्रचण्डकै नेतृत्वमा एमाले, रास्वपा र जसपा सरकारमा सहभागि हुँदै, रवि र उपेन्द्र पनि मन्त्री बन्दै सोमबार, फागुन २१, २०८० नेकपा माओवादी केन्द्रकै नेतृत्वमा बनेको नयाँ गठबन्धनले सबै दलका नेताको प्रतिनिधित्व रहने गरी सानो मन्त्रिमण्डल गठन गर्ने सहमति गरेको छ। प्रतिनिधि सभामा एमालेका ७९, माओवादीका ३२ र रास्वपाका २१ जना सांसद छन्। सरकार बनाउन तीन दलको संख्या पर्याप्त छ। सरकार निर्माणका लागि १३८ जना सांसद आवश्यक पर्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल...

राष्ट्रियसभाका नवनिर्वाचित १९ सदस्यले लिए शपथ सोमबार, फागुन २१, २०८०

गठबन्धन तोडेको माओवादी भन्छ– कांग्रेसले सरकारलाई साथ दिएन सोमबार, फागुन २१, २०८० नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई काम कारबाहीमा कांग्रेसले साथ नदिएकाले क्याविनेट पुन गठन अघि बढाइएको बताएका छन्।सोमबार बालुवाटारमा नयाँ सत्ता समीकरण एमाले–माओवादी–रास्वपाको शीर्ष बैठक चलिरहँदा पौडेलले प्रधानमन्त्रीले जनताको डेलिभरीलाई गति दिने काममा कांग्रेसले साथ नदिएपछि मंसिरदेखि नै मन्त्री फेर्ने कुरा गरिरहेको भन्दै सरकारको कामलाई...

द्वन्द्वपीडितले अझै न्याय नपाएको भन्दै सभामुखको चिन्ता सोमबार, फागुन २१, २०८० सभामुख देवराज घिमिरेले द्वन्द्वमा प्रभावित भएका व्यक्तिहरुले अझै पनि न्याय नपाएको बताएका छन्। शहीद यदुकुमार गौतमको २५ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा उनले शान्ति प्रक्रिया टुङ्गाउन घोषणा २०६३ सालमै भएको उल्लेख गर्दै करिब १७ वर्ष पूरा हुँदासम्म पनि न्याय निरूपण गर्ने काम नभएको बताए।

नयाँ सत्ता समीकरण: कोशीका मुख्यमन्त्रीलाई हाइसन्चो, तीन प्रदेशका मुख्यमन्त्रीलाई तनाव सोमबार, फागुन २१, २०८० केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो। हाल सुदूरपश्चिमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन्। यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेसमा जसपाको सरकार छ।

प्रतिनिधि सभाको बैठक स्थगित, अर्को बैठक २४ गते ११ बजे सोमबार, फागुन २१, २०८० प्रतिनिधि सभाको आजलाई डाकिएको बैठक स्थगित भएको छ। संसद सचिवालयमा सूचना टाँस गरेर आजको बैठक स्थगित भएको हो। विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको हो। सत्ता समीकरण नै परिवर्तन भएपछि दलहरू राजनीतिक भेटघाटमा व्यस्त हुँदा आजको बैठक...

नयाँ गठबन्धनप्रति सकारात्मक, बेलुका बस्ने बैठकले निर्णय गर्छौं– रेमश चौधरी सोमबार, फागुन २१, २०८० नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले नयाँ बन्ने गठबन्धनमा आफूहरू सहभागी हुने संकेत गरेका छन्। नयाँ सत्तासमीकरणसहितको गठबन्धन बनाउने गृहकार्यमा दलहरू जुटेका बेला बालुवाटार पुगेका चौधरीले आफूहरू पनि नयाँ गठबन्धनसँग सकारात्मक रहेको प्रतिक्रिया दिए। उनले भने, ‘हामी अब बन्ने नयाँ गठबन्धनसँग सकारात्मक छौँ। हाम्रो उपस्थिति प्रदेश र संघ दुवैमा भएकाले...