News Griha :: न्यूजगृह
नयाँ सत्ता समीकरण: कोशीका मुख्यमन्त्रीलाई हाइसन्चो, तीन प्रदेशका मुख्यमन्त्रीलाई तनाव

काठमाडौं– केन्द्रमा सत्ता समीकरण फेरिएसँगै प्रदेश सरकारहरू पनि फेरबदल हुने भएका छन्। यसअघि कांग्रेस–माओवादी गठबन्धनका आधारमा बनेका सरकारहरू नयाँ समीकरणसँगै फेरिने पक्का भएको हो। 

हाल सुदूरपश्चिमसहित लुम्बिनी, गण्डकी र कोशीमा कांग्रेस नेतृत्वमा सरकार छन्। यस्तै, कर्णाली र बाग्मतीमा माओवादी र मधेसमा जसपाको सरकार छ। 

मधेस र माओवादीले नेतृत्व गरेका दुई प्रदेशबाहेक अन्यमा प्रदेश सरकार तत्काल सरकार फेरिने देखिएको छ। कांग्रेसले नेतृत्व गरेका प्रदेश सरकार फालेर आलोपालो नेतृत्व गर्ने समझदारी एमाले र माओवादीले गरेका छन् ।

कोशीको सरकार भने विस्थापन गर्न संवैधानिक जटिलता छ। कोशीमा संविधानको धारा १६८ (५) अनुसारको सरकार बनेकाले मुख्यमन्त्री आफैँले राजीनामा नदिएसम्म सरकार परिवर्तन सहज छैन।

मुख्यमन्त्रीले विश्वासको मत पाउन नसकेमा मध्यावधिमा जानसक्ने अधिकार संविधानले नै दिएको छ। सोही कारण कोशीको सरकार भने तत्काल ढल्न गाह्रो छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  ११:२३
Weather Update