News Griha :: न्यूजगृह
गृह मन्त्रालय कसले लिने भन्नेमा नयाँ गठबन्धनमा विवाद

काठमाडौं– नवगठित गठबन्धन भित्रका दलहरूबीच गृह मन्त्रालय कसले लिने भन्नेमा विवाद देखिएको छ। नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गृह मन्त्रालय आफूले नै पाउनुपर्ने अडान राखेका छन्।

बालुवाटारमा सोमबार बसेको गठबन्धन बैठकमा गृह मन्त्रालयमा एमाले र रास्वपाले दाबी गरेका स्रोतको दाबी छ। बैठकमा माओवादीले भने गृह मन्त्रालय आफूहरूले नलिने प्रष्ट पारेको स्रोतले बतायो।

एमाले र रास्वपाले गृहमा दाबी गरेपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले यो विषय छलफलबाट मिलाउन आग्रह गरेको स्रोतको भनाइ छ। ‘तपाईंहरूले छलफल गरेर गृह कसले लिने मिलाउनुहोस्, माओवादीको दाबी छैन,’ प्रधानमन्त्री प्रचण्डको भनाइ उदृत गर्दै स्रोतले भन्यो। 

रास्वपा सभापति लामिछाने गृह मन्त्रालय पाए आफू नै सरकारमा जाने तयारीमा छन्। तर एमालेले गृह आफूहरूले पाउनुपर्ने बताइरहेको छ। नयाँ गठबन्धन दलबाट आज एकएक जना मन्त्रीलाई शपथ खुवाउने तयारी छ।

एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डीपी अर्याल मन्त्री बन्ने तयारी छ। त्यस्तै, वर्षमान पुन र उपेन्द्र यादवसमेत मन्त्री बन्नेछन् । उनीहरु भने दोस्रो चरणमा सरकारमा सहभागि हुने स्रोतको दाबी छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १४:४२
Weather Update