News Griha :: न्यूजगृह
निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै हो, म नमर्दासम्म उथलपुथल भइनै राख्छ: प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरिएको राजनीतिक समीकरण निरन्तरतामा क्रमभंगता भएको बताएका छन्। पटकपटक निरन्तरतामा क्रमभंगता गर्ने माओवादीको विशेषता नै रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

सोमबार सत्ता समीकरण बदलिएसँगै राष्ट्रिय सभा गृहमा आयोजित ‘शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक बृहत् अन्तरक्रिया कार्यक्रम’मा प्रधानमन्त्री प्रचण्डले माओवादी जमेर बस्ने पोखरी नभई गडगडाउँदो नदी भएको बताएका हुन्। 

‘माओवादी जहिले पनि सिद्धान्त र व्यवहारका दृष्टिकोणले जमेर बस्ने पोखरी जस्तो होइन, गडगडाएर बग्ने नदी जस्तो हो। माओवादी निरन्तरतामा रमाएर बस्ने होइन, निरन्तरतामा क्रमभंगता गर्दै रमाउने जात हो,’ प्रधानमन्त्री प्रचण्डले भने।
प्रचण्डले आजको दिनलाई नयाँ उथलपुथल भएको दिनको संज्ञा पनि दिए। साथै आफू रहुन्जेलसम्म नेपालमा राजनीतिक उथलपुथल भई नै रहने पनि उनको भनाइ छ।  

कार्यक्रममा उपस्थितहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भने, ‘विप्लव उठ्नेबित्तिकै तपाईँहरूमा एउटा तरंग पैदा हुन्छ। म त म भई नै हालेँ । म नमर्दासम्म देशमा उथलपुथल भइनै राख्छ। मलाई घेरा हालेर सिध्याउन धेरैचोटी कोसिसहरू भए प्रतिक्रियावादीबाट। घेरा तोड्दै आएका छौं, तोड्दै जान्छौँ। साथीहरूलाई म भन्छु ठूला कुरा गर्नु भन्दा हामी क्रान्तिकारीहरू एकठाउँमा उभिऔं।’  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:३५
Weather Update