गठबन्धन नटुंगिएकाले अन्यौलमा जसपा, आन्तरिक रुपमा मन्त्री छान्नेबुधबार, फागुन २३, २०८०

के प्रधानमन्त्रीले कांग्रेसलाई छल गरेका हुन्?, के भन्छन् डा. महत? मंगलबार, फागुन २२, २०८० कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको गठबन्धन फेरबदलको निर्णयले अस्थिरता र अन्योललाई बढावा दिने टिप्पणी गरेका छन्।पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकपछि सञ्चारकर्मीहरूलाई छोटो प्रतिक्रिया दिँदै उनले कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका खेल्ने बताए।

के कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री ‘अफर’ गरेको हो? मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव नगरिएको बताएको छ।बूढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा सोमबार साँझ सकिएको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पार्टीका नेताहरूले लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताए।

एकीकृत समाजवादीलाई फकाउँदै सत्ता गठबन्धन, सहकार्यको प्रस्ताव लिएर प्रचण्ड र ओली पुगे नेपाल निवास मंगलबार, फागुन २२, २०८० नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्।बालुवाटारमा जारी बैठक स्थगित गरी दाहाल र ओली कोटेश्वर पुगेका हुन्।

नयाँ गठबन्धन बनाएपछिको प्रचण्ड अभिव्यक्तिका संकेत र सन्देश मंगलबार, फागुन २२, २०८० त्यसमा पनि प्रचण्डले आफू ज्यूँदो हुँदासम्म उथलपुथल भइरख्ने दाबी गरे। उनले भने, ‘म नमर्दासम्म देशमा उथलपुथल भइराख्छ। प्रतिक्रियावादीहरूले उपयोग गर्न खोजे भने म कुनै पनि बेला लात्ताले हानेर उम्कन सक्छु।’ नयाँ गठबन्धन बनाएकै दिन प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिप्रति फरक फरक कोणबाट टिप्पणी हुने गरेको छ। एकथरीले...

कांग्रेसले गर्यो प्रतिपक्षमा बस्ने निर्णय, फिर्ता लियो सरकारलाई दिएको समर्थन मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मत फिर्ता लिएर प्रतिपक्षमा बस्ने निर्णय गरेको छ। मंगलबार अपराह्न कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानिलकण्ठमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेको हो ।

महेश बर्तौलाले पाए एमाले प्रमुख सचेतकको जिम्मेवारी, सुनिता बराल सचेतक चयन मंगलबार, फागुन २२, २०८० नेकपा एमालेसंसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला चयन भएका छन्। यस्तै, सचेतकमा सुनिता बराल चयन भएकी छन्। एमाले अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले मंगलबार बर्तौलालाई प्रमुख सचेतक र बराललाई सचेतक चयन गरेका हुन्।

सरकारमा सहभागिताको विषयमा निर्णय गर्न आन्तरिक छलफलमा मधेस केन्द्रित दलहरु मंगलबार, फागुन २२, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको सत्ता सहकार्य तोडेर नेकपा एमाले लगायत दलसँग गठबन्धन गरेपछि मधेस केन्द्रित दलहरु सरकारमा सहभागिताको विषयलाई लिएर आन्तरिक छलफलमा जुटेका छन्। जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन्।

सुदूरपश्चिमका मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरुलाई गरे बर्खास्त मंगलबार, फागुन २२, २०८० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका २ जना मन्त्री र १ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री रहेका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन्।

कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरुले बुझाए राजीनामा मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन्। कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
गण्डकीका मुख्यमन्त्रीले गरे माओवादीका २ मन्त्रीलाई बर्खास्त मंगलबार, फागुन २२, २०८० मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन्। मुख्यमन्त्री पाण्डेले सिम्खडालाई गत बैशाख १५ र जुग्जालीलाई बैशाख २९ गते मन्त्री नियुक्त गरेका थिए। पाण्डे नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका हुन्।

गठबन्धन बन्नु, तोडिनु सामान्य तर हिजोको घटना असामान्यः शेखर कोइराला मंगलबार, फागुन २२, २०८० नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य डा. शेखर कोइरालाले विगतमा भएको गठबन्धन पार्टीलाई महँगो साबित भएको प्रतिक्रिया दिएका छन्। उनले मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै यस्तो प्रतिक्रिया दिएका हुन्। माओवादी, नेकपा एमालेलगायत सम्मिलित नयाँ सत्ता गठबन्धन बनेर राजनीतिक परिस्थिति फेरिएपछि नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको हो।

थप चार दललाई गठबन्धनमा ल्याउने प्रयास मंगलबार, फागुन २२, २०८० चार दलीय गठबन्धन बनाएर संघीय सरकारमा अप्रत्यासित फेरबदल ल्याएका प्रधानमन्त्री पुष्पकमल दाहालले साना दलहरूलाई पनि गठबन्धनमा सामेल गर्न संवाद थालेका छन्। संघीय सरकारका लागि चार दलको गणित सहज भएपनि प्रदेशको गणितमा निर्यायक हुने साना दलहरूलाई गठबन्धनमा सामेल गराउनैपर्ने बाध्यता प्रधानमन्त्रीमाथि आइपरेको छ । ११ महिनादेखि कांग्रेससहितको आठ दलीय गठबन्धनबाट प्रधानमन्त्री...