News Griha :: न्यूजगृह
एकीकृत समाजवादीलाई फकाउँदै सत्ता गठबन्धन, सहकार्यको प्रस्ताव लिएर प्रचण्ड र ओली पुगे नेपाल निवास
Photo: ekantipur

काठमाडौं— नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास कोटेश्वर पुगेका छन्।

बालुवाटारमा जारी बैठक स्थगित गरी दाहाल र ओली कोटेश्वर पुगेका हुन्। ‘दुवै नेता सहकार्यको प्रस्ताव लिएर नेपाल कहाँ जानु भएको छ,’ दाहाल सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयको भागबन्डा टुंग्याउनु अघि नेपाललाई सँगै लिएर जाने दुई शीर्ष नेताको चाहना छ।’ 

एकीकृत समाजवादीले नयाँ गठबन्धनप्रति गुण र दोषका आधारमा निर्णय लिने निष्कर्ष निकालिसकेको छ। प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउनुअघि एकीकृत समाजवादीसँग छलफल गरेका थिएनन्।

सोमबार बेलुका दाहाल र माओवादी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  २०:१०
Weather Update