कर्णाली प्रदेश सरकारबाट बाहिरियो कांग्रेस, मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौं– नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। समर्थन फिर्तासँगै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुले राजीनामा दिएका छन्।
कांग्रेसले माओवादीका मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरुले राजीनामा बुझाएका हुन्। कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले पत्रकार सम्मेलन गर्दै पदबाट राजीनामा दिएको र सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका छन्।
कर्णाली सरकारमा कांग्रेसबाट खड्गबहादुर पोखरेल, कृष्णकुमार बीसी र बेदराज सिंह मन्त्री थिए।
संघीय सरकारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसहितका दलहरुसँग गठबन्धन गरेपछि त्यसको असर प्रदेशहरुमा पनि देखिएको हो।
प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८० १३:२८