News Griha :: न्यूजगृह
सुदूरपश्चिमका मुख्यमन्त्रीले माओवादीका मन्त्रीहरुलाई गरे बर्खास्त

कैलाली– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी केन्द्रका २ जना मन्त्री र १ जना राज्यमन्त्रीलाई बर्खास्त गरेका छन्। 

मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट सामाजिक विकास मन्त्री रहेका झपट साउद, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेश धामी र राज्यमन्त्री गीता माललाई बर्खास्त गरेका हुन्। 

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धन तोडेर नेकपा एमालेसँग सहकार्य अगाडि बढाएपछि प्रदेशहरुमा पनि त्यसको असर देखिएको छ। नेपाली कांग्रेसको नेतृत्व रहेको प्रदेशमा माओवादीका मन्त्रीहरु बर्खास्त भइरहेका छन्। गण्डकी प्रदेशमा पनि मुख्यमन्त्री सुरेन्द्र पाण्डेले माओवादीका २ जना मन्त्रीलाई बर्खास्त गरेका छन्। 

माओवादी केन्द्रको नेतृत्व रहेको प्रदेश सरकारबाट भने कांग्रेसका मन्त्रीहरुले राजीनामा दिन थालेका छन्। कर्णाली प्रदेशमा कांग्रेसका ३ जना मन्त्रीहरुले राजीनामा दिएका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १३:४४
Weather Update