News Griha :: न्यूजगृह
१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेपछि यस्तो बन्यो प्रचण्ड टिम
१५ महिनामा तेस्रो पटक गठबन्धन फेरेपछि यस्तो बन्यो प्रचण्ड टिम १५ महिनामा तेस्रो पटक गठबन्धन फेरेका प्रधानमन्त्री प्रचण्डलाई हालसम्म एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीको समर्थन मिलेको छ। भागबण्डाअनुसार २ वटा मन्त्रालय पाएको जनता समाजवादी पार्टीले मन्त्रीको भने टुंगो लगाइसकेको छैन। जसपाले पाएको वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रधानमन्त्री प्रचण्डले...
उपप्रधानमन्त्रीको वरीयता: रघुवीर पहिलो, तेस्रोमा रवि [सूचीसहित]
उपप्रधानमन्त्रीको वरीयता: रघुवीर पहिलो, तेस्रोमा रवि [सूचीसहित] प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्को वरीयतामा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रधानमन्त्रीपछिको वरीयतामा पहिलो नम्बरमा रहेका छन्।त्यसपछि उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ दोस्रो वरियतामा रहेका छन्। यस्तै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई तेस्रो वरीयतामा राखिएको छ। 
शिक्षामन्त्री सुमनाको पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय
शिक्षामन्त्री सुमनाको पदबहाली: विश्वविद्यालयमा विज्ञलाई कुलपति राख्न कानुन संशोधन गर्ने निर्णय नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले मुलुकका ११ वटै विश्वविद्यालयका कुलपतिमा प्रधानमन्त्री र सहकुलपतिमा शिक्षामन्त्री पदेन रहने विद्यमान व्यवस्था हटाइ विज्ञहरूलाई राख्न सम्बन्धित कानुनमा संशोधनको निर्णय गरेकी छन्।सिंहदरबारस्थित कार्यालयमा आज पदबहाली गर्दै मन्त्री श्रेष्ठले नेपाली युवालाई स्वदेशमै सहजरूपमा गुणस्तरीय शिक्षा दिन र विश्वविद्यालयमा हुने राजनीतिकरण रोक्न मौजुदा कानुनमा संशोधनको...
हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेले दिए मातहतलाई निर्देशन
हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेले दिए मातहतलाई निर्देशन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानुनी राज्य स्थापना गर्न कसैको आदेश नकुर्न निर्देशन दिएका छन्। दोस्रो पटक गृह मन्त्रालयको कार्यभार सम्हालेपछि लामिछानेले भने, ‘कानुनी राज्यको स्थापनामा निर्वाह गर्दा कसैको आदेश कुर्नुपर्दैन। कुनै पनि राजनीतिक दल प्रभावशाली होस्, गैरकानुनी आदेश मान्नु पर्दैन । कानुनले जे भन्छ त्यही हुन्छ।’ 
नवनियुक्त मन्त्रीहरुले लिए शपथ, कुन दल बाट को बने मन्त्री?
नवनियुक्त मन्त्रीहरुले लिए शपथ, कुन दल बाट को बने मन्त्री? संघीय सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शीतल निवासमा बुधबार आयोजित विशेष समारोहकाबीच उनीहरुले शपथ लिएका हुन्। उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस
समर्थन फिर्ता लिँदै बागमती सरकारबाट बाहिरियो कांग्रेस सत्ता समीकरणमा फेरबदल आएसँगै कांग्रेसले मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ। बुधबार मुख्यमन्त्री जम्कट्टेललाई भेटेर कांग्रेसका ६ जना मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्।
एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री
एकीकृत समाजवादीबाट भानुभक्त जोशी र धनबहादुर बुढा मन्त्री नेकपा एकीकृत समाजवादीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। एकीकृत समाजवादीबाट भानुभक्त जोशी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री र धनबहादुर बुढा शहरी विकास मन्त्री बन्ने पक्का भएको छ।
देउवाले गरे तीन दलका अध्यक्षसँग छलफल
देउवाले गरे तीन दलका अध्यक्षसँग छलफल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन वटा दलका अध्यक्षहरूसँग बूढानिलकण्ठमा छलफल गरेका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीसँग देउवाले बुधबार अपराह्न निवासमै छलफल गरेका हुन्। 
१७ मन्त्रालयका मन्त्रीहरुको टुंगो, कसलाई कुनको जिम्मेवारी? 
१७ मन्त्रालयका मन्त्रीहरुको टुंगो, कसलाई कुनको जिम्मेवारी?  सत्तारुढ गठबन्धनका दलहरुको बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले मन्त्रालयको भागबण्डा टुंग्याएको थियो। जसअनुसार सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री बाहेक ५ मन्त्रालय, नेकपा एमालेले ८ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय, जनता समाजवादी पार्टीले २ मन्त्रालय र नेकपा एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएको छ। माओवादी, एमाले...
मन्त्रीहरूको शपथ ५ बजे
मन्त्रीहरूको शपथ ५ बजे एमालेबाट रघुवीर महासेठ, रास्वापाबाट रवि लामिछाने नेतृत्व गर्दै सरकारमा सहभागी भएका छन्। एमालेबाट गत वर्ष २ महिना मन्त्री भएका ६ जनालाई दोहोर्याइएको छ। माओवादीबाट सुदन किराती बाहेक सबै कांग्रेससँगको गठबन्धन हुँदा मन्त्री बनेकाहरू हुन्। 
प्रचण्ड नेतृत्वको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय, को–को बन्दैछन् मन्त्री? 
प्रचण्ड नेतृत्वको सरकारमा एमालेलाई ८ वटा मन्त्रालय, को–को बन्दैछन् मन्त्री?  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय सम्हाल्ने भएको छ। एमालेले ८ मन्त्री र एउटा राज्यमन्त्री पाउने सहमति भएको नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिएका छन्। एमाले पार्टी सचिव रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ। नेकपा एमालेका १...
माओवादीबाट ५ मन्त्री: २ नयाँ, ३ जना दोहोरिने
माओवादीबाट ५ मन्त्री: २ नयाँ, ३ जना दोहोरिने सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा प्रधानमन्त्री बाहेक ५ वटा मन्त्रालय पाउने सहमति भएको छ। जसअनुसार माओवादीबाट मन्त्रीहरुको नाम समेत टुंगिसकेको छ। माओवादीबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिवहरु वर्षमान पुन र शक्ति बस्नेत तथा नेता रेखा शर्मा मन्त्री बन्ने भएका हुन्। माओवादीबाट हितबहादुर तामाङले...
Weather Update