News Griha :: न्यूजगृह
मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री 
मन्त्री भएलगत्तै अमेरिका उड्दै महिलामन्त्री  महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी मन्त्री भएर कार्यभार सम्हालेको तीन दिन नबित्दै अमेरिका उड्दैछिन्। ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ जान लागेकी हुन्। सम्मेलनको ६८ औँ सत्रमा मन्त्री चौधरीले सम्बोधन गर्ने कार्यसूची छ। शनिबार...
महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति
महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्नैपर्छ : राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेलले महिलामाथि हुने सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्न आह्वान गरेका छन्। ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शुक्रबार राष्ट्रपति पौडेलले परम्पराका नाममा समाजमा रहेका खराब अभ्यासहरूका कारण महिलामाथि विभेद र उत्पीडन हुँदै आएको भन्दै त्यसको अन्त्य गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताए।
समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक आज
समसामयिक विषयमा छलफल गर्न एमाले सचिवालयको बैठक आज सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ।च्यासलस्थित केन्द्रीय कार्यालयमा अहिले विहान ९ बजेबाट बस्ने बैठकमा समसामयिक विषयहरूमा छलफल हुने नेताहरूले जनाएका छन् । बद्लिएको राजनीतिक परिवेश, पार्टीका नियमित गतिविधि र पूर्वनिर्धारित कार्यक्रमहरूका विषयमा छलफल हुने एमालेले जनाएको छ । 
जसपाले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने
जसपाले टुंग्यायो सरकारमा जाने मन्त्रीको नाम, उपेन्द्रले स्वास्थ्य र नवलकिशोरले वन मन्त्रालय सम्हाल्ने जनता समाजवादी पार्टी (जसपा)ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ।बिहीबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।
भारतले भन्यो— सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला
भारतले भन्यो— सत्ता गठबन्धन परिवर्तन नेपालको आन्तरिक मामिला नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले हालै भएको सत्ता समीकरण परिवर्तन नेपालको आन्तरिक मामिला भएको बताएका छन्।नवनियुक्त अर्थमन्त्री वर्षमान पुनसँग बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट गर्दै नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले सत्ता समीकरणबाट भारतले नेपालप्रतिको धारणामा परिवर्तन नगर्ने बताए।
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले? 
किन ‘कमजोर’ मन्त्रालयमै चित्त बुझाएर प्रचण्ड सरकारमा सहभागी भयो एमाले?  एमालेले मन्त्रालय छनोटका हिसाबले मात्रै होइन, सरकारमा पार्टीको नेतृत्वको विषयलाई लिएर पनि विभिन्न टिप्पणीहरु भइरहेका छन्। एमाले यसपटक रघुवीर महासेठको नेतृत्वमा सरकारमा सहभागी भएको छ। पार्टी पदाधिकारीमध्ये पुछारबाट दोस्रो नम्बरमा रहेका सचिव महासेठको नेतृत्वमा सरकारमा सहभागी हुनुलाई पनि धेरैले आशंकाको नजरले हेरेका छन्। एमालेनिकट १ जना विश्लेषकका अनुसार अध्यक्ष ओलीले...
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने? 
‘सत्ता पिशाची’ देउवाको लड्डु कसले खाने?  संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने, ‘गठबन्धनप्रति नेपाली कांग्रेसले सँधै इमान्दार रह्यो। सहमतिमा प्रतिबद्ध रह्यौँ। तर पछिल्लो समय गठबन्धनकै तर्फबाट सरकारको नेतृत्व गर्नुभएका प्रधानमन्त्रीले विश्वासघात गर्दै गठबन्धन भत्काउनु भयो। गठबन्धनबारे उहाँले भन्नुभएका कारण अत्यन्त काल्पनिक, कपोकल्पित तथा तथाकथित मानेका छौँ। र यसलाई हामीले राजनीतिक बेइमानीका रुपमा ठहर गरेका छौँ।’ 
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका लागि किन अयोग्य ठहर भए रेशम चौधरी?
नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका लागि किन अयोग्य ठहर भए रेशम चौधरी? रेशम टीकापुर हत्याकाण्डको मुद्दामा ३ तहकै अदालतबाट दोषी ठहर भएका अभियुक्त हुन्। दोषी प्रमाणित भएकै अभियुक्तको रुपमा उनले गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट ‘बाँकी कैद मिनाहा’ पाएका थिए। कैद मिनाहापछि ‘सामाजिक जीवन’मा फर्किएका उनी पछि सक्रिय राजनीतिमा लागेका थिए।
निर्वाचन आयोगले रेशम चौधरीलाई स्वीकार गरेन नागरिक उन्मुक्तिको अध्यक्ष
निर्वाचन आयोगले रेशम चौधरीलाई स्वीकार गरेन नागरिक उन्मुक्तिको अध्यक्ष निर्वाचन आयोगले रेशम चौधरीलाई नागरिक उन्मुक्ति पार्टीको अध्यक्षका रुपमा मान्यता दिन अस्वीकृत गरेको छ। आयोगले चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य रहेको ठहर गर्दै पुरानै कार्यसमितिलाई निरन्तरता दिएको हो। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अध्यक्षमा नाम अध्यावधिक गर्न भनेर दिएको निवेदन अस्वीकृत भएको जानकारी दिए।
संसद्मा माओवादी सचिवले किन सम्झिए गिरिजाप्रसादलाई?
संसद्मा माओवादी सचिवले किन सम्झिए गिरिजाप्रसादलाई? नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले राजनीतिक बेइमान भनी गरेको टिप्पणीको खण्डन गरेका छन्।आफूसँगको सत्ता गठबन्धन तोडेर एमालेसँग नयाँ गठबन्धन बनाएपछि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक बेइमान भनी टिप्पणी गरेको छ। बिहीबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै माओवादी सांसद पौडेलले कांग्रेसले गरेको टिप्पणीको खण्डन गर्दै...
भरतपुरकी मेयर रेनु दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता
भरतपुरकी मेयर रेनु दाहाल र बेलायतका उपसभामुखबीच भेटवार्ता भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले संयुक्त अधिराज्य बेलायतको हाउस अफ कमन्सका उपसभामुख निजेल इभान्ससँग भेटवार्ता गरेकी छन्। एउटा कार्यक्रम सहभागी हुन हाल बेलायत रहेकी दाहाल र उपसभामुख निजेलबीच बिहीबार लण्डनमा भेटवार्ता भएको हो।
जसपा सरकारमा सहभागी हुने
जसपा सरकारमा सहभागी हुने जनता समाजवादी पार्टी (जसपा) पार्टी सरकारमा सहभागि हुने भएको छ। बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको पार्टी प्रवक्ता मनिष सुमनले बताए।
Weather Update