उपप्रधानमन्त्री यादवद्वारा पदबहाल ग्रहणआइतबार, फागुन २७, २०८०

पूर्वराष्ट्रपति भन्छन्: धर्मलाई राजनीतिसँग जोड्न हुँदैन आइतबार, फागुन २७, २०८० नेपालको पहिलो राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिसँग जोडेर हेर्ने प्रवृतिले समाजमा विखण्डन बढेको भन्दै धर्मलाई राजनीतिबाट अलग राख्नुपर्ने बताएका छन्। धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै यादवले धार्मिक कार्यक्रममा समाज उत्थानका कुरा मात्र हुनुपर्ने बताए। यादवले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गइरहेको छ, यसलाई हामीले रोक्नु...

प्रचण्डको मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री चार, वरीयतामा उपेन्द्रभन्दा रवि अगाडि आइतबार, फागुन २७, २०८० प्रचण्ड नेतृत्वको मन्त्रिमण्डलको उपप्रधानमन्त्रीमा पहिलो वरीयताक्रममा एमाले सचिव रघुवीर महासेठ छन्। उनले उपप्रधान एवमं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। त्यस्तै दोस्रो वरीयताक्रममा नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन्। उनले उपप्रधान तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्। तेस्रो वरीयतामा भने रास्वपाका सभापित रवि लामिछाने छन्। उनले...

एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने आइतबार, फागुन २७, २०८० नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ। पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए।

जसपाबाट २ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार, उपेन्द्र बने अन्तिम वरीयताको उपप्रधानमन्त्री आइतबार, फागुन २७, २०८० जनता समाजवादी पार्टीका २ जना नेतालाई मन्त्री नियुक्त गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेका छन्। जसपाबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन्। यस्तै, नेता नवलकिसोर साह सुडी वन तथा वातावरणमन्त्री नियुक्त भएका छन्। नवनियुक्त उपप्रधानमन्त्री यादव र मन्त्री साहले आइतबार राष्ट्रपति रामचन्द्र...

‘लिम्बुवान किरात’ प्रदेश नामकरणको प्रस्ताव आइतबार, फागुन २७, २०८० किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम ‘लिम्बुवान किरात’ राख्न प्रस्ताव गरेको छ।इलाममा भएको लिम्बू सांस्कृतिक महोत्सव तथा चुम्लुङको २५औं राष्ट्रिय चुम्लुङले ३० बुँदे माग अघि सार्दै यस्तो प्रस्ताव गरेको हो। सम्मेलनपछि केन्द्रीय अध्यक्ष प्रेम एक्तेनले लिम्बूहरूको ऐतिहासिक थातथलो, इतिहासका अनेकौं सांस्कृतिक महत्वका विषय विकासका नाममा नष्ट गरिँदै गएकामा समीक्षा...

प्रचण्डका लागि ठाउँ खाली गरेका बाबुराम भट्टराई २०८४ मा गोरखा–२ बाट चुनाव लड्ने आइतबार, फागुन २७, २०८० नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आगामी संसदीय निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिने निर्णय गरेका छन्। भट्टराईनिकट नेसपाका नेता विश्वदीप पाण्डेले आगामी चुनावमा गोरखा–२ बाट भट्टराई उम्मेदवार हुने बताएका छन्।

जसपाबाट अध्यक्ष यादव र साह मन्त्री बन्दै, शपथग्रहण ११ बजे आइतबार, फागुन २७, २०८० जनता समाजवादी पार्टी (जसपा)बाट अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साह मन्त्री बन्दै छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले यादवलाई उपप्रधानसहित स्वास्थ्य तथा जनसंख्या मन्त्री र साहलाई वन तथा वातावरण मन्त्री नियुक्त गर्दैछन्। जसपाबाटै दीपक कार्की स्वास्थ्य राज्यमन्त्री बन्दैछन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठक आज पनि आइतबार, फागुन २७, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको आज पनि बस्दैछ। शनिबारदेखि जारी बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले छलफलका लागि प्रस्तुत गरेको विभिन्न एजेण्डामा कार्यसम्पादन समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ।

राष्ट्रिय सभाको बैठक आज, अध्यक्षको निर्वाचन समय तोक्ने आइतबार, फागुन २७, २०८० राष्ट्रिय सभाको बैठक आज बस्दैछ। बैठकले फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने छ। बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँबानेश्वरमा बोलाइएको छ।

जसपाका मन्त्रीहरूको शपथ भोलि शनिबार, फागुन २६, २०८० जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागि हुने मन्त्रीहरूले भोलि शपथ लिने भएका छन्।शनिबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भोलि जसपाबाट मन्त्री हुनेहरूको शपथ हुने र त्यसपछि सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे जानकारी गराएका हुन्।

फागुन ३० मा विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी, यस्तो छ अङ्कगणित शनिबार, फागुन २६, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन्। गत सोमबार कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका दाहालले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन्।

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा सिटौला शनिबार, फागुन २६, २०८० नेपाली कांग्रेसको राष्ट्रिय सभा संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौला मनोनित भएका छन्। पार्टी सभापति शेरबहादुर देउवाले शनिबार सिटौलालाई राष्ट्रिय सभा संसदीय दलको नेता चयन गरेका कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिए।