सत्ता गठबन्धनमा सहभागी नहुने राप्रपाको निर्णय, विपक्षमा मतदान गर्ने सोमबार, फागुन २८, २०८०

गठबन्धनमा कटिवद्ध रहन एकीकृत समाजवादीको आनाकानी सोमबार, फागुन २८, २०८० सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिखित सहमति गरे मात्रै राष्ट्रिय सभा अध्यक्ष निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्तावमा सहयोग गर्न सकिने जनाएको छ।एकीकृत समाजवादी प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भए पनि गठबन्धनका उम्मेदवारलाई मतदान गर्न सर्त राखेको छ।

गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त सोमबार, फागुन २८, २०८० सरकारले गण्डकी, मधेस र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्ने निर्णय गरेको छ। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले तीन प्रदेशका प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

एकीकृत समाजवादीले खोज्यो प्रधानमन्त्रीको लिखित सहमति सोमबार, फागुन २८, २०८० एकीकृत समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले राखेको सर्त लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचनमा मत दिने निर्णय गरेको छ। सोमबार सिंहदरबारमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले पार्टीको प्रस्तावमा लिखित रुपमा सहमति जनाएपछि मात्र राष्ट्रिय सभाको निर्वाचन र प्रधानमन्त्रीले लिने विश्वासको मतको बारेमा निर्णय गर्ने प्रमुख...

प्रदेश सभा उपनिर्वाचनमा रास्वपाले भाग नलिने सोमबार, फागुन २८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १५ मा बझाङ (१) मा हुने उपनिर्वाचनमा भाग नलिने भएको छ।सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेश सभाको उपनिर्वाचनमा भाग नलिने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए।

बालुवाटार प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता, के भयो कुराकानी? सोमबार, फागुन २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। बालुवाटारमा भएको भेटवार्तामा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाले बताए। उनले भने, ‘नयाँ समीकरण पछि गठबन्धनमा धेरै कुरा मिलाउनुपर्नेछ । त्यही विषयमा केन्द्रित भएर उहाँहरु एक घण्टा जति छलफलमा बस्नुभएको थियो। यो गठबन्धन...

प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल छु: उम्मेदवार शर्मा सोमबार, फागुन २८, २०८० नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभाको अध्यक्ष पदका उम्मेदवार युवराज शर्माले आफ्नो लामो राजनीतिक यात्रा र भूमिकाका कारण पार्टीले एक ढिक्काका साथ अध्यक्ष पदका लागि उम्मेदवार बनाएको बताएका छन्। संघीय संसद् भवन नयाँ बानेश्वरमा आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीको जिज्ञाशामा उनले आफू प्रतिस्पर्धीभन्दा राजनीतिक र शैक्षिक योग्यताका हिसाबले अब्बल...

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नदिन कांग्रेसको ह्वीप सोमबार, फागुन २८, २०८० प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आज ह्वीप जारी गरेको छ।बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिने कार्यसूची छ।
राष्ट्रिय सभाको उम्मेदवारी दर्तापछि नारायण दाहाल भन्छन्: प्रचण्डको भाइ भनेर आएका प्रतिक्रियाले मेरो कानै पाकिसक्यो सोमबार, फागुन २८, २०८० राष्ट्रिय सभाको अध्यक्षका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका राष्ट्रिय सभा सदस्य नारायण दाहालले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्ता पछि तपाईंलाई प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाइ भएकै कारण यो अवसर आएको हो भन्ने प्रश्नले विगतदेखि नै आफ्नै कानै पाकेको र जवाफ...

राष्ट्रिय सभा अध्यक्षका लागि दाहाल र शर्माको उम्मेदवारी सोमबार, फागुन २८, २०८० राष्ट्रिय सभाको रिक्त अध्यक्षका लागि नारायण दाहाल र युवराज शर्माको उम्मेदवारी दर्ता भएको छ। दाहालले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् भने शर्मा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसतर्फका उम्मेदवार हुन्। सत्ता गठबन्धनका उमेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका बेदुराम भुसाल र जसपाका...

दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई एमालेको आग्रह सोमबार, फागुन २८, २०८० नेकपा एमाले गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ। एमाले संसदीय दलको बैठकले सरकारलाई दीर्घकालीन असर गर्ने निर्णय नगर्न आग्रह गर्ने निर्णय गरेको दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपाली जानकारी दिए।

रास्वपा केन्द्रीय समितिको बैठक आज, उपनिर्वाचनबारे छलफल गर्ने सोमबार, फागुन २८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्दै छ। सभापति रवि लामिछानेले आगामी वैशाख १५ गते हुने उप-निर्वाचनबारे छलफल गर्न बैठक बोलाएका हुन्। बैठक बालाजुस्थित केन्द्रीय कार्यालयमा सोमबार मध्यान्ह १२ बजेदेखि बस्ने रास्वपाका केन्द्रीय सदस्य एवम् प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए। बैठकमा उपनिर्वाचनको तयारीबारे छलफल हुनेछ। निर्वाचन आयोगले...

राप्रपाले कार्यसम्पादन समिति बैठकको निष्कर्ष आज सुनाउने सोमबार, फागुन २८, २०८० राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै छ। बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ। यसअघिको बैठकमा नेताहरूबीच विवाद हुँदा छलफल निर्णायक हुन सकेन। बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल...