News Griha :: न्यूजगृह
राप्रपाले कार्यसम्पादन समिति बैठकको निष्कर्ष आज सुनाउने

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै छ। 

बैठक मध्यान्न १२ बजेदेखि केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ। यसअघिको बैठकमा नेताहरूबीच विवाद हुँदा छलफल निर्णायक हुन सकेन। 

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थिति र राप्रपाले अगाडि सारेको सडक आन्दोलनका कार्यक्रम र नविन राप्रपा कार्ययोजना लगायतका सन्दर्भमा छलफल भइरहेको छ। बैठकका निष्कर्ष आजै सार्वजनिक गरिने अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।
 

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  ०८:५८
Weather Update